सन् २०५० मा अर्कै प्रकारको मानवजातिको उत्पत्ति हुने, यस्तो छ बैज्ञानिकको प्रक्षेपण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० भाद्र २०७१, सोमबार १०:२५
सन् २०५० सम्ममा पृथ्वीमा अहिलेको भन्दा नयाँ प्रकारको मानव जातिको उत्पत्ति हुने वैज्ञानिकले दाबी गरेका छन् ।अत्याधुनिक तथा चरम प्रविधि, व्यवहार तथा प्राकृतिक छनोटको फलस्वरुप नयाँ प्रकारको मानवको विकाश हुने दाबी वैज्ञानिकको छ ।ग्लोबल ब्रेन इन्स्टिच्युटका शोधकर्ता क्यान्डेल लास्टका अनुसार मानव जाति अहिले मुख्य क्रमविकाशजन्य संक्रमणमा छ ।
अबको ३५ बर्षपछिको मानवको अबस्था । ग्राफिक्स इमेज- एजेन्सी ।
आगामी ४ दशक भन्दा कम अवधिमै मानिस बढि बाँच्ने, पाको उमेरमा बच्चा पाउने तथा सामान्य मानवीय कार्यका लागि समेत कृत्रिम सूचनामा निर्भर हुने दाबी उनको छ ।यस्तो परिवर्तन निकै तिब्र रहेको र यसलाई बाँदरबाट  एपमा परिवर्तन तथा एप बाट मानव जातिमा परिवर्तन भएको घटनासँग तुलना गर्न सकिने उनले बताएका छन् ।
‘तपाइँको ८० वा १ सय वर्षको उमेर तपाइँका हजुरबा हजुरआमाको भन्दा नितान्त फरक छ । हामीले आफ्नो समयको अधिकांस हिंस्सा भर्चुअल रियालिटीमा बिताउनेछौँ भन्दा कसले पत्याउँछ ?’, उनी भन्छन् ।क्रमविकाशका कतिपय वैज्ञानिकहरुका अनुसार सन् २०५० सम्ममा मानिसको औषत उमेर १२० भन्दा बढि हुनेछ ।
शोधकर्ता लास्टका अनुसार मानिसमा भविष्यमा यौनिक परिपक्वतामा समेत ढिलाइ हुनेछ । मानिसको मस्तिष्कको आकार बढ्दै जाँदा उर्जा मस्तिष्कमै बढि खपत हुने र त्यसले प्रजननमा असर पूराउने दाबी शोधकर्ताको छ । शोधकर्ताका अनुसार मानिसको जीवन निकै सुस्त हुनेछ र निकै बूढो भएर मात्र मर्नेछ ।यसका केही लक्षणहरु अहिले नै देखिन थालिसकेका छन् र विश्वमा मानिसहरुको पहिलो बच्चा पाउने उमेर बढ्दो छ र औषत आयु पनि लम्बिदो छ ।उनको शोध प्रतिवेदन करेन्ट एजिङ साइन्स जर्नलमा छापिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१