मांशाहारी हुनुहुन्छ भने तेज दिमागका लागि माछा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ बैशाख २०७७, मंगलवार १४:१७

यदि तपाईं मांशाहारी हुनुहुन्छ भने सकेसम्म माछा र माछाबाट बनेका खानेकुरा बढी खाने गर्नुस्, जसले तपाईंको मस्तिष्कलाई सधैं ताजा र तेज राख्न मद्दत गर्दछ । संसारमा सबैभन्दा कम माछा खाने देश सम्भवत: नेपाल नै होला, किनकि नेपालमा समुद्र छैन ।

अन्य देशमा हप्तामा पाँच छाक माछा खायो भने एक–दुई छाक अन्य मांस खाने चलन छ तर नेपालमा महिनामा एक या दुई छाक मात्र माछा खाने चलन रहेको पाइन्छ । नेपालमा खसी, कुखुरा, भैसी या राँगा र बंगुरको मासु बढी प्रचलित छ जुन स्वस्थ्यको लागि त्यति उपयोगी मानिंदैन । किनकि त्यस्ता रातो मासुले शरीरमा कुनै न कुनै विकार गरिरहेको हुन्छ ।

रातो मासु पचाउनका लागि झन्डै ३२ देखि ३६ घन्टा लाग्ने गर्छ तर माछा पचाउन मात्रा २ देखि ३ घन्टा मात्र लाग्छ यो हिसाबले पनि माछा खानु अति स्वस्थ्यकर मानिन्छ । माछा भन्दैमा हामी सीमितलाई बुझ्छौ तर विश्वमा हजारभन्दा बढी माछाका किसिम पाइन्छ जुनको आआफ्नै रङ, विशेषता हुन्छ । टुना माछामा पाइने तत्व तिलापिया माछामा पाइँदैन त्यस्तै झिंगे माछामा पाइने तत्व सालमन माछामा पाइन्न ।

सजिलो हिसाबले पनि बुझ्न सकिन्छ कि समुद्र या पानीमा हुर्कंने कुनै पनि जीवले जे भेट्यो तेही खाने हुँदा उसको शरीरमा अन्य जन्तुको तुलनामा केही मेनेरल्स र प्रोटिन प्रशस्त पाइन्छ। अमेरिकन हार्ट एसोसिएसनले के पत्ता लगाएको छ भने मनिसलाई आवश्यक पर्ने सम्पूर्ण प्रोटिन माछाबाट प्राप्त गर्न सकिन्छ ।

माछा खानुका फाइदा कयौ छन् तर हामीले केही प्रमुख उल्लेख गरेका छौ ।

नियमित माछा खनाले दिमाग सधैं तेज रहने गर्छ ।

मुटु सम्बधी रोग लाग्नबाट बच्चाउँछ ।

माछाले डिप्रेसन हुनबाट बच्चाउँछ ।

माछामा प्रशस्त भिटामिन डी पाइने हुँदा क्याल्सियमका कारणले शरीरका हड्डी मजबुत बनाउँछ ।

आँखाको भिजन बढाउनुको साथै आँखालाई सधैं स्वस्थ्य राख्छ ।

माछा खाने गर्नाले निद्रा अत्यन्त राम्रो हुँदै जान्छ जसले गर्दा तनावमा भए नि मस्तिष्कले आराम पाउँछ।

माछा या माछाको फूल खानाले छालासम्बन्धी सम्पूर्ण रोग निगाहा हुन्छ र डन्डीफोर आउने डर हुन्न।

शरीरमा कोलेस्टेरोल घटाउन मद्दत गर्छ।

हार्टयाट्याक हुनबाट बचाउन सहयोग गर्छ।

क्यान्सर हुनबाट बच्चाउँछ।

शरीरिक वजन घटाउन पनि नियमित माछा खनाले धेरै हदसम्म मद्दत गरेको हुन्छ।

उच्च रक्तचापलाई नियन्त्रन गर्न पनि माछा खनाले धेरै मद्दत गरेको हुन्छ।

कलेजोमा लाग्ने विभिन्न रोगबाट बचाउन पनि सहयोग पुर्‍याएको हुन्छ।

यदि तपाईं कुनै कारण बेड रेस्टमा हुनुहुन्छ भने नियमित माछा खनाले छिट्टै रिकभर हुन्छ।

यदि तपाईं सधैं निरास देखिनु हुन्छ भने नियमित माछा खाने गर्नाले त्यतिकै खुसी हुने परिवर्तन आउन थाल्छ।

नियमित माछा खनाले बच्चामा लाग्ने सामान्य रोगबाट बच्न सकिन्छ।

नियमित माछा खाने मान्छेलाई छिटो बुढो पनि देखिन्न।

माछा त्यस्तो मासु हो जुन तपाईंले ७ देखी १० मिनेटमा तयार गएर खाना सक्नुहुन्छ किनकि माछा एकदम छिटो पाक्छ। जसबाट समय बचत हुन्छ।

माछा खाँदा जिउ भारी नहुने हुँदा दिउँसोभर शरीर चंगा हुन्छ र काममा मन धेरै जान्छ।

माछाको केके बनाउने र कसरी खाने

अन्य मासु जस्तै तपाईंले माछाका पनि विभिन्न परिकार बनाउन सक्नुहुन्छ जस्तै सुप, सलाद, करी, बिर्यानी, फ्राइ, ग्रिल, बोइल, स्टिम, फिस टिक्का, फिस पास्ता, झिंगे माछा पिज्जा, फिस चिल्ली, फिस या प्राउन चाउमिन, फिस सिजलर, आदि । माछा एक स्वादिस्ट, छिटो पाक्ने, सजिलो तरिकाबाट पकाउन मिल्ने, छिटो पच्ने र शरीरलाई चाहिने सम्पूर्ण तत्वहरु पाइने खाना मानिन्छ ।

माछा कसरी रोज्ने

माछा रोज्दा जहिले पनि सकेसम्म ताजा खोज्नुस्, माछा ताजा छ कि छैन भन्ने कुरा माछाको कानको लोती खोलेर हेर्नुस् र रातो कलरको छ भने त्यो ताजा मानिन्छ। यदि खैरो हुँदै गएको छ भने त्यो बासी मानिन्छ। त्यस्तै माछा ताजा कि बासी पता लगाउन माछाको आँखा हेरेर पनि छुट्याउन सकिन्छ। माछाको आँखा रातो र झरिलो देखिएको छ भने त्यो ताजा हुन्छ र आँखाको कलर खैरो र चाउरी परेको छ भने त्यो बासी मान्न सकिन्छ ।

माछा स्वास्थ्यका लागि के – के फाइदा र बेफाइदा छ त ? अझ राम्ररी थाहा पाउनुहाेस्

वर्षैभरी खान मिल्ने र सहज रुपमा सरिरले पचाउने खाना हो माछा । अन्य मासुजन्य उत्पादनभन्दा बहु उपयोगी गुण भएको मानिने माछाको उपयोगिताको बारेमा जनचेतनाको अभाव र माग अनुसारको बजारमा आपूर्तिका कमीका कारण उपभोक्ताले आवश्यकता अनुसार उपभोग गर्न पाएरहेको छैनन् ।

हरेक नागरिकले सरिरको स्वस्थ्यताको लागि वार्षिक २८ किलो माछामासु उपभोग गर्नुपर्ने विश्व स्वास्थ्य संगठन (WHO) को मापदण्ड रहेको छ । नेपालमा भने यसको आधा अर्थात् प्रतिवर्ष प्रति नेपाली जनावरजन्य उत्पादनको उपभोग १४ किलो मात्र छ ।

यसमा माछाको हिस्सा २ किलो ३ सय ग्राम हिस्सा माछाको छ भने बाँकी हिस्सा कुुखुरा, खसीबोका, राँगा, बंगुर लगाएतको छ । नेपालीलाई आवश्यक थप १४ किलो मासुजन्य उत्पादनको माग पूर्ति गर्न माछा पहिलो र उत्तम विकल्प रहेको विज्ञको तर्क छ ।

स्वास्थ्यका लागि माछा खादा यस्ता फाइदा पुग्दछ

आँखाको दृष्टि कायम राख्छ

एउटा उमेर पछि मानिसको आँखा स्वतः कमजोर हुँदै जान्छ । तर माछाको सेवन गर्ने मानिसहरुमा दृष्टि कमजोर हुने समस्या घटेर जान्छ ।

निद्रा जगाउँछ

जो मानिसलाई निद्रा नलाग्ने समस्या छ, यसले अनिद्रा हटाएर मानिसमा निद्रा जगाउँछ ।

छाला तथा कपालको लागि लाभदायक

लो फैटका कारण सबैभन्दा हानी तपाईंको छाला तथा कपाललाई हुने गर्छ । हेल्दी फैटको अभावमा तपाईंको छाला तथा कपाल रुखो तथा बेजान हुने गर्छ ।माछामा पाइने ओमेगा ३ ले कपाल तथा छालालाई चमकदार बनाउनुका साथै मुलायम बनाउँछ ।

मुटुका लागि लाभदायक

माछामा पाइने पैटी एसिड जसले मुटुको लागि राम्रो मानिन्छ । यसमा फैटको माछा कम हुने भएकोले यसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । जो मानिसहरु हप्तामा २-३ पटक माछाको सेवन गर्छन् उनीहरुलाई हृदयाघात तथा स्ट्रोकको सम्भावना कम रहन्छ ।

डिप्रेशन कम गर्छ

माछामा हुने ओमेगाा ३ फैटी एसिडले डिप्रेशन कम गर्न मद्दत गर्छ । त्यसैले डिप्रेशन हुनेले माछाको सेवन गर्नु फाइदाजनक मानिन्छ । त्यति मात्र हैन, माछाको सेवनले दिमागबाट यस्तो केमिकल्स निकन्छ, जसले मानिसलाई खुशी तुल्याउँछ ।

दममा लाभदायक

यदी तपाईको बच्चालाई पनि दम समस्या छ भने उनीहरुका लागि माछा लाभदायक मानिन्छ । एक अनुसन्धानका अनुसार माछाको सेवन धेरै गर्ने बालालिकामा दमको समस्या कम पाइने गरेको छ ।

दिमाग ताजा राख्दछ

नियमित माछा खादा दिमागको सिललाई सधै ताजा राख्ने काम गर्दछ । जसले गर्दा उच्च रक्तचाप कम गर्दछ । २ हजार जना फ्रेच नागरकिमा गरिएको सर्वेक्षणमा हप्तामा एक पटक खाएमा अल्जाईमर्सबाट बच्न सकिन्छ ।

क्यान्सर रोगसँग लड्न

स्वीडेनमा ६ हजार जना भन्दा धेरैमा गरिएको सर्वेक्षणबाट नियमित माछा उपभोग गर्दा क्यान्सर रोग लाग्नसँग बच्न सहयोगी बनेको तथ्य पत्ता लागेकोछ । सर्वेक्षणबाट माछा नखाने व्यक्तिमा क्यान्सनको जोखिम दोब्बर तेब्बर हुने गर्दछ ।

जोर्नी सम्बन्धी रोग कम

ग्रीनल्याण्डमा धेरै माछा खानेमा गरिएको अध्ययनबाट अधिकाश मान्छेमा जोर्नी सम्बन्धी रोग कम लाग्ने गरेको पाइयो । त्यसैले हाडजोर्नीको सुरक्षाको लागि समेत यो उपयोगी हुने देखिएको छ ।

माछाको बेफाइदाहरु थाहा पाउनुहाेस्

गर्ववती :

गर्ववती महिलाहरुको लागी माछा ठिक हुदैन किन कि यसमा धेरै भन्दा धेरै पारो धातु पाइने गर्छ जुन उनीहरुको लागि घातक हुन्छ । यसको असर शिशुमा पर्न गइ बच्चामा विविध खोटहरु देखिनुको साथै सुस्त मनोस्थितिको हुने सम्भावना रहन्छ । माछामा काँडा हुने हुदा ध्यान दिएर नखाएमा ज्यान समेत जान्छ । यो माछा बनाउने वा पकाउनेमा पनि भर पर्छ, माछा घाटिमा अड्किएको खण्डमा केरा खानु पर्छ ।

मधुमेह :

मधुमेह भएकाले पनि माछा सेवन गर्नु हुदैन। माछामा कोलेस्ट्रोल बढी हुने भएकोले यो सुगर हुनेहुरुलाई घातक बन्ने गर्छ। सुगर हुनेहरु बढी जस्तो माछा सेवन गरेकाहरु पाइएको एक अमेरिकाको अनुसन्धानले बताएका छन् ।

स्वाथ्यको हिसाबले मासु ठिक हुन्छ कि माछा ? थाहापाउनुस

पौष्टिक र स्वास्थ्यका दृष्टिले मासुभन्दा माछा झन् पोषिलो हुन्छ । सकिन्छ भने, हप्ताको दुईचोटि खानामा माछा समावेश गर्दा राम्रो हुन्छ । यसमा चिल्लो तथा तृप्त फ्याटी एसिडको परिमाण कम हुनुका साथै प्रोटिन र भिटामिनजस्ता अति आवश्यक तत्वहरू प्रसस्त हुन्छ ।

खासगरी, यसमा भिटामिन बी–१, बी–३, बी–६ र भिटामिन ‘डी’ प्रसस्त हुनुका साथै फस्फोरस, आयोडिन, सेलिनियम, पोटासियमजस्ता खनिज तत्व पनि हुन्छन् । यसबाहेक अति आवश्यक तत्व ओमेगा–३ फ्याटी एसिड पनि हुन्छ ।

पौष्टिक दृष्टिकोणले माछा–मासु पोषिलो खाना हो । तर, आवश्यकभन्दा बढी खाएमा यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । स्वस्थ व्यक्तिले पनि कस्तो प्रकारको मासु कति खाँदा उपयुक्त हुन्छ भन्ने कुरामा विचार पुर्याउनुपर्छ । झन् उच्च कोलेस्टेरोल, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी समस्या भएकाहरूले मासु खाँदा धेरै सावधानी अपनाउनुपर्ने हुन्छ ।

मासु प्रोटिनको राम्रो स्रोत भए पनि कोलेस्टेरोल, चिल्लो पदार्थ, ट्राइग्लिसिराइड पनि प्रसस्त हुने भएकाले सन्तुलित रूपमा उपभोेग गर्न नसकेमा स्वास्थ्य समस्या सृजना हुन सक्छ ।

रातो मासु अर्थात् खसी–बोका, राँगा, बँदेल, भेँडा आदिको मासुमा प्रोटिनका साथै ‘फ्याटी एसिड’ पनि प्रसस्त मात्रामा हुन्छ । मासुमा भएको कोलेस्टेरोलले भन्दा फ्याटी एसिडले बढी खराब गर्छ । किनकि शरीरभित्र फ्याटी एसिडसँग कोलेस्टेरोल मिलेपछि मात्र खराब चिल्लो पदार्थ बन्छ ।

त्यसैले मासु खाँदा चिल्लोमा विशेष ध्यान दिनुपर्छ । वयष्क तथा वृद्धहरूमा साधारणतया बढी स्वास्थ्य समस्या देखिने हुनाले रातो मासु खाँदा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।

कतिपय समुदायले सांस्कृतिक प्रचलन र धार्मिक मान्यता अनुसार रातो मासुलाई नै विशेष प्राथमिकता दिएका हुन्छन् । यस्तो स्थितिमा सकेसम्म कम परिमाण प्रयोग गर्नुपर्छ । मासु कम खाने र पकाउने विधिमा समेत विचार पुर्याउनुपर्ने हुन्छ ।

सकेसम्म आँखाले देखिने चिल्लो वा बोसो निकालेर थोरै मात्र तेलको प्रयोग गरी पकाउनु राम्रो हुन्छ । ‘ग्रिल्ड’, ‘बेक’ वा उसिनेर पकाउँदा चिल्लो पदार्थको परिमाण कम हुन सक्छ ।

यसैगरी, विभिन्न अङ्गका मासु (मुटु, कलेजो, मृगौला, फोक्सो आदि) पनि मासुको परिकारका रूपमै प्रयोग गरिन्छ । यी अङ्गका मासुमा कोलेस्टेरोलको साथै भिटामिन ‘ए’, ‘डी’, ‘ई’ र केही मात्रामा भिटामिन ‘बी’ पाइन्छ । तामा, लौहतत्व, जिङ्क जस्ता खनिजतत्व पनि यी अङ्गमा प्रसस्त मात्रामा पाइन्छ ।

कलेजो फलामको राम्रो स्रोत भए पनि यसमा रासायनिक पदार्थहरू फोहरका रूपमा जम्मा हुने भएकाले सकेसम्म कलेजो उपभोग नगर्दा राम्रो । यस्तै, रातो मासु हाली बनाएको ससेज जस्ता परिकारलाई लामो समय संरक्षण गर्न रसायन (प्रिजरभेटिभ) राखिने भएकाले यस्ता मासुका परिकार खानाले क्यान्सरको सम्भावना हुनसक्ने कुरा अध्ययनले देखाएको छ ।

रातो मासु प्रोटिनको स्रोत भए पनि स्वास्थ्यका दृष्टिले त्यति उपयुक्त नभएको हुँदा कहिलेकाहीँ थोरै परिमाणमा मात्र खानु राम्रो हुन्छ ।

सेतो मासु भन्नाले कुखुरा, हाँस, विभिन्न चराचुरुङ्गीको मासु भन्ने बुझिन्छ । यस प्रकारको मासु प्रोटिनको उत्तम स्रोत हुनुका साथै रातो मासुको दाँजोमा चिल्लो पदार्थ कम हुन्छ । चराको प्रकार, कुन अङ्गको मासु र पकाउने विधिअनुसार चिल्लोको मात्रा फरक–फरक हुन्छ ।

टर्कीको छातीको छाला नभएको मासुमा १८ प्रतिशत चिल्लो हुन्छ भने सोही भागको कुखुराको छालारहित मासुमा २४ प्रतिशत चिल्लो हुन्छ । यसैगरी, छालासहित कुखुराको खुट्टा, पँखेटा, साँप्रोमा चिल्लो पदार्थ, कोलेस्टेरोल र क्यालोरीको मात्रा बढी हुन्छ । कम मात्र चिल्लो प्रयोग गरी पकाउँदा र छाला निकाल्दा ‘तृप्त फ्याटी एसिड’ कम हुन्छ ।

ग्रिल, बेक गरी मासु पकाएको छ भने खानेबेला मात्र छाला निकाल्दा राम्रो हुन्छ । यस्तै, कुखुरा तथा अन्य चराचुरुङ्गीको मासु प्रयोग गरी बनाएको ससेज, हटडग पनि स्वस्थकर हुँदैनन् ।

चराचुरुङ्गीको प्रकार अनुसार पनि चिल्लोको प्रतिशत फरक–फरक हुन्छ । कुखुरा र टर्कीको मासुमा झन्डै त्यति नै चिल्लो हुन्छ भने हाँस तथा यस्तै खालका चराको मासुमा चिल्लो बढी हुन्छ । जबकि अस्ट्रिच र परेवाको मासुमा चिल्लो, कोलेस्टेरोल र क्यालोरी कम हुन्छ ।

रातो मासुको दाँजोमा यस प्रकारका मासुमा फ्याटी एसिड कम हुने भएकाले उपयुक्त पकाउने विधि छनोट गर्न सके स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । सफा वातावरणमा उत्पादन भएका चराचुरुङ्गीको मासु उपभोग गर्न सके मासुबाट स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट जोगिन सकिन्छ ।

माछा र ओमेगा–३ फ्याटी एसिड

केही माछामा कोलेस्टेरोलको मात्रा बढी हुने भएकाले प्रायः खानामा संलग्न गरिँदैन । तर, कोलेस्टेरोलको मात्रा धेरै भए पनि फ्याटी एसिडको मात्रा कम हुने भएकाले माछालाई सधैँ बार्नु पर्छ भन्ने हुँदैन । यस्तै, माछा पखाल्दा, काट्दा तथा पकाउँदा सावधानी अपनाउन सके हानिकारक कीटाणु नष्ट हुन्छन् ।

माछा प्रोटिन, भिटामिन र खनिज पदार्थको उत्तम स्रोत हुनुका साथै यसमा पाइने स्वस्थकर चिल्लो पदार्थ ओमेगा–३ फ्याटी एसिडले रगतमा राम्रो कोलेस्टेरोल बढाउँछ ।

ओमेगा–३ फ्याटी एसिडले खराब कोलेस्टेरोल र ट्राइग्लिसिराइडको परिमाण कम गर्ने भएकाले मुटुसम्बन्धी समस्यालाई कम गर्न मद्दत गर्छ । यसबाहेक ओमेगा–३ फ्याटी एसिडले आइथ्राइटिसको समस्यालाई पनि कम गर्छ ।

ठूलो र मोटो खालको माछामा फ्याटी एसिड बढी हुन्छ भने सानो र मसिनो माछामा कम हुन्छ । नियमित रूपमा माछा खाने मानिसलाई मुटु सम्बन्धी रोगको सम्भावना कम हुन्छ ।

जान्नुहोस्, कस्ता व्यक्तिका लागि हानिकारक हुन्छ माछा

१. गर्भवती र स्तनपान गराइरहेका महिलाहरूका लागि

माछामा गह्रौँ धातु ‘पारो’ प्रशस्तै पाइन्छ, जुन गर्भवती महिला र स्तनपान गराइरहेका महिलाहरूको लागि हानिकारक हुने गर्दछ ।

यस्ता महिलाहरूले माछा सेवन गरेमा उनीहरूको शरीरमा पारो थुप्रिँदै जान्छ र बिस्तारै गर्भमा रहेको शिशुमा पनि सर्दछ ।

जसको कारण जन्मजात खोटी, सुस्त मनस्थिती तथा अन्य मस्तिष्क सम्बन्धी समस्याबाट ग्रसित शिशुको जन्म हुन सक्दछ । यस्ता शिशुहरू हुर्किँदै गएपनि उनीहरूको सिक्न सक्ने, देख्न सक्ने अनि बोल्न सक्ने क्षमतामा बाधा पुग्दछ ।

विशेष गरि समुन्द्रमा पाइने माछामा यो तत्व बढी पाइन्छ । नेपालमा पाइने माछामा भने यो तत्व अधिक हुँदैन ।

२. मधुमेह भएकाहरूका लागि

अन्य मांसाहारी खानेकुरामा जस्तै माछामा पनि प्रशस्तै कोलेस्ट्रोल भेट्न सकिन्छ । माछाको जात अनुसार तिनीहरूमा पाइने कोलेस्ट्रोलको मात्रामा पनि फरक पर्दछ ।

तर कुखुरा, बङ्गुर तथा खसीमा भन्दा माछामा बढि कोलेस्ट्रोल पाइन्छ । कोलेस्ट्रोलको अधिक सेवनले सुगर रोग लाग्न सक्दछ ।

३. मोटोपना भएकाहरूका लागि

हुन त माछामा अन्य जनावरहरूमा भन्दा कमै मात्रामा बोसो पाइन्छ। तर कुन–कुनै प्रजातिका माछा (रहु, सहर, आदि)हरूमा अधिक बोसो भेटिन्छ, जुन मोटोपना हुनेहरूको लागि त्यति उचित नहुने प्रष्टै बुझ्न सकिन्छ ।

४. माछा खान नजान्नेका लागि

माछा खाँदा विशेष ध्यान दिनुपर्ने हुन्छ, किनभने माछामा हुने काँडाको कारण कतिपयको ज्यान समेत गइसकेको छ । त्यसैले, माछाको मासु खान गाह्रो लाग्ने व्यक्तिहरूले सकभर माछा नखाँदै उचित हुन्छ ।

तर, माछाको परिकार बनाउने तरिकाले पनि काँडाको खतरामा फरक पर्दछ । कुनै–कुनै प्रजातिका माछाको काँडा सजिलै छुट्याएर खान सकिन्छ भने कुनैको काँडा मासुसँगै जमेर बसेको हुन्छ ।

त्यसैले त्यस्ता माछा खाँदा विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ ।

५. पत्थरी र हाडजोर्नीको समस्या भएकाहरूका लागि

माछामा प्रशस्त मात्रामा प्रोटिन पनि पाइन्छ । सहि मात्रामा प्रोटिन युक्त खाना शरिरको लागि अति आवश्यक हुन्छ । तर प्रोटिनको अधिक सेवनले अनेकथरीका स्वास्थ्य समस्याहरू उत्पन्न हुन्छन् ।

माछामा पाइने कोलेस्ट्रोल र बोसोलाई त शरीरले ऊर्जाको रूपमा परिणत गरी सङ्कलन गरेर राख्न सक्दछ ।
तर बढि भएको प्रोटिनलाई शरीरले सङ्कलन गरेर राख्न सक्दैन र शरीरले त्यसलाई अनावश्यक तत्व मानी बिसर्जन गर्नतर्फ लाग्दछ ।

यसरी बिसर्जन हुने क्रममा उक्त प्रोटिनबाट अनेकौँ किसिमका विषाक्तहरू हाम्रो रगतमा मिस्सिन जान्छ, जस्तैः यूरीया, अमोनिया र अमिनो एसिड ।

अधिक प्रोटिन पाइने माछाको सेवन धेरै गरेमा हाम्रो शरीरमा यस्ता नकारात्मक पदार्थहरू थुप्रिँदै जान्छन् र बिस्तारै पत्थरीमा परिणत हुँदै जान्छ ।

यस्ता पदार्थहरूलाई रगतबाट छान्नको लागि हाम्रो शरीरलाई प्रशस्तै क्याल्सियमको जरुरत पर्दछ, जसको कारण शरीरमा क्याल्सियमको कमि हुन गई हाडजोर्नी तथा दाँतसम्बन्धी समस्या उत्पन्न हुन बेर लाग्दैन ।

त्यसैले पहिल्यै देखि पत्थरी र हाडजोर्नीको समस्याबाट ग्रसित व्यक्तिहरूले अधिक माछाको सेवन गर्नु हानिकारक हुन जान्छ । बरु त्यसको सट्टा माछाको सूप पिउनु उचित हुने विशेषज्ञहरू सल्लाह दिन्छन् ।

६. पेटको समस्या भएकाहरूका लागि

माछाको मासु खान मनपराउने अधिकांशले यहि सोँच्छन् कि यो अति स्वस्थवर्द्धक खानेकुरा हो । हुन त, माछाको मासुमा ओमेगा–३ फ्याटी एसिड पाइन्छ, जुन मुटु र मस्तिष्कको स्वास्थ्यको लागि फाइदाजनक हुने खोजबाट पत्ता लागिसकेको छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१