नक्कली लाईसेन्स बनाउने गिरोह पक्राउ, न्यूरोडको फोटो कन्सर्न पनि संलग्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ पुष २०७६, बिहीबार ०४:५०

काठमाडौं । स्मार्ट सवारी चालक अनुमति पत्र र सरकारी कार्यालयका कर्मचारीहरुको परिचयपत्र नक्कली बनाई बिक्री गर्ने गिरोह पक्राउ परेका छ । अनुसन्धान गर्न महानगरिय अपराधमहाशाखा र महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ,काठमाण्डौको संयुक्त टोलीले उक्त गिरोहलाई पक्राउ गरेको हो ।

पुतलीसडकबाट दिपक ब्लोनलाई ०२०६००४४३३९७ नम्बरको द्यँन् वर्गको नक्कली स्मार्ट लाईसेन्स फेला परेपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो । नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र बल्खुमा रहेको शुबास भन्ने बुद्धि बहादुर रोक्कालाई तीन हजार रुपैयाँ दिई निजले आफ्नो आशिष स्टुडियोबाट डिजाईनिङ गरी काठमाण्डौको न्युरोडमा रहेको फोटा कन्सर्नबाट नक्कली स्मार्ट लाईसेन्स बनाएको खुलेको प्रहरीले जनाएको छ ।

न्यूरोडको फोटो कन्सर्नले बिभिन्न ब्यक्तिहरुको सरकारी लिखतहरु डिजाईनिङ गरी प्रिन्ट गरी बिक्री गर्ने गरेको भन्ने खुल्न आई आशिष स्टुडियोका संचालक सुबाष भन्ने बुद्धि बहादुर रोक्कालाई दिपक ब्लोनको नामको स्मार्ट लाईसेन्स प्रिन्ट गरेर दिएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विभिन्न ब्यक्तिहरुको सवारी चालक अनुमति पत्र थान(४, नागरिकताका प्रमाणपत्रहरु, भारत सरकारको आधार कार्ड सहित पक्राउ गरिएको र फोटो कन्सर्न न्युरोडमा खानतलासी गर्दा लक्ष्मण झाक्रीको नामको सवारी चालक अनुमतिपत्र, निजकै नामको सशस्त्र प्रहरी जवानको परिचय पत्र, विभिन्न कलेजहरुको परिचयपत्रहरुको प्रिन्ट गर्ने गरेको फेला फेला परेको प्रहरीले जनाएको त ।

फोटो कन्सर्नका फोटो ग्राफर कुमार तण्डुकार, सेल्स अफिसर अनन्ता गुरुङ, प्रिन्टर तथा मार्केटिङको काम गर्ने अशोक कार्की, क्यासियर मोहन यादवलाई पक्राउ गरी पक्राउमा परेका उल्लेखित ब्यक्तिहरुलाई लिखत सम्बन्धी कसूरमा अनुसन्धानको लागि परिसर काठमाण्डौ पठाईएको प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

अन्य पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दीका दिपक ब्लोन, सर्लाही हरिवनका बुद्धी बहादुर रोक्का, बौद्ध चुच्चेपाटीका अनन्ता गुरुङ, बारा जितपुर सिमराका अशोक
सिराह सुखिपुरका मोहन यादव, र लाजिम्पाटका कुमार तण्डुकार रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१