बिपी प्रतिष्ठानका उपकुलपति रौनियार ४८ लाख धरौटीमा छुटे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ श्रावण २०७६, बिहीबार ०४:४९

काठमाडौं । भ्रष्टाचारको आरोपमा मुछिएका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उप(कुलपति प्राध्यापक प्राडा राजकुमार रौनियार धरौटीमा रिहा भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही साउन १९ गते १ करोड २८ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा उपकुलपति रौनियारविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको थियो। विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार क्षेष्ठको संयुक्त इजालसले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। रौनियारलाई ४८ लाख र उनका आफ्नै भतिज प्रतिष्ठानमै हाउस अफिसरको रूपमा कार्यरत डा। रामहरी रौनियारलाई ४ चार लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए। दुवै जनालाई अख्तियारको टोलीले ८ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१