डा. केसीको उपचारको लागि धरानबाट चिकित्सक टोली इलाम

ssapana44@gmail.com' jamuna aryal
२ माघ २०७५, बुधबार १५:३२

इलाम – गएको बुधबारदेखि अनसनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । डा. केसीको उपचारको लागि धरानबाट चिकित्सक टोली इलाम हिँडिसकेको डा.केसी निकट धर्म गौतमले बताउनुभयो ।

उहाँका अनुसार, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको निर्देशनमा ४ सदस्यीय चिकित्सकको टोली इलाम हिँडेका हुन् । चिकित्सकहरु बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट इलाम आएका हुन् ।  

टोलीमा अस्पतालका सहायक निर्देशक विकास शाह, मुटू रोग विशेषज्ञ डा.प्रशान्त साह, जेनरल फिजिसियन डा.अजय यादव, एनेस्थेसियोलोजिस्ट डा.सविन भण्डारी, ल्याब पर्सन जितेन्द्र यादव र आईसीयू नर्स निर्मला बस्नेत रहेको बताइएको छ । 

यसअघि जुनियर रेसिडेन्ट डाक्टरहरुको टोली इलाम आइसकेको समेत बताइएको छ । अनसन बसेको सातौँ दिनबाट डा. केसीलाई  सुईबाट (आईभी) एन्टिबायोटिक औषधि दिन सुरु गरिएको हो । अहिले मंगलबार (हिजो) को जस्तै स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १५, २०८१