अनसनरत डा केसीको स्वास्थ्य तेस्रो दिन शुक्रबार बिग्रदै

ssapana44@gmail.com' jamuna aryal
२७ पुष २०७५, शुक्रबार ११:०९

इलाम – चिकित्सा शिक्षा सुधारसहित ६ बुँदे माग राख्दै गत बुधबारदेखि इलाममा आमरण अनसनरत सत्याग्रही प्राडा गोविन्द केसीको सत्याग्रहप्रति समर्थन बढ्दै गएको छ । इमालमा विभिन्न समूहले ऐक्यवद्धता जनाउँदै नारा, जुलुससंगै प्रदर्शन गरेका छन् । 

बिहीबार महिलाहरुले ऐक्यवद्धता जनाउँदै जुलुस निकालेका थिए । अन्य क्षेत्रबाट पनि समर्थन बढ्दो छ । सामाजिक संजालमा पनि डा केसीको समर्थन गर्दै सरकारप्रति आक्रोश पोखिएको छ । 

१५ औं चरणसम्म पनि विभिन्न दल तथा नेताहरुको नेतृत्वको सरकारले आश्वासन दिएर अनसन फिर्ता गराए पनि सम्झौता पालना गरेनन् ।

बुधबारदेखि अनसनरत डा केसीको स्वास्थ्य तेस्रो दिन शुक्रबार नै बिग्रदै गएको छ । उनको स्वास्थ्य बिहीबार रातिदेखि बिग्रन थालेको हो । उनको रक्तचाप कम हुँदै गएको छ ।

शरीरमा पसिना आउने तथा छाती दुख्ने भएपछि इलाम जिल्ला अस्पतालको चिकित्सकहरुले उनको स्वास्थ्य परीक्षण गरेका छन् । 

चिकित्सकहरुले उनको शरीरमा चिनीको मात्रा घटेको हुनसक्ने बताएका छन् । 

ज्यानको पर्वाह नगरी चिकित्सा शिक्षामा सर्वसुलभता खोजेका डा केसीले सुगरको परीक्षण गर्न भने मानेका छैनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१