जाडो बढ्न थाल्यो, अपनाउने होइन त यी ५ टिप्स् ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ कार्तिक २०७८, आईतवार ०५:१९

जाडोको मौसम सुरु भइसकेको छ । बिहान बेलुका त बाहिर निस्किन पनि चिसोदेखि डराउनु पर्ने भएको छ । गर्मी जस्तै चिसोमा पनि रोगले नसताउनला भन्न सकिन्न । यस्तो मौसममा आफ्नो दैनिकी र खानपानलाई ध्यान नदिने हो भने बिरामी हुन बेर लाग्दैन । चिसो मौसममा तपाईंले आफ्नो शरीर भित्रबाटै मजबुत बनाउनु आवश्यक छ । त्यसकारण आउनुहोस् चिसो मौसममा कसरी बच्ने भन्ने बारेमा जानकारी लिऔं ।

डाइटमा ओमेगा–३ फ्याटी एसिड लिउँ

चिसो मौसममा फ्लु, जोर्नी दुख्ने र अन्य भाइरल पनि हुने सम्भावना हुन्छ । यसबाट बच्नका लागि ओमेगा–३ फ्याटी एसिडले भरिएको डाइट लिनु पर्दछ । जस्तो ओखर, बदाम, अलैची र फ्याटी माछा खानामा समावेश हुनु आवश्यक छ । यी सबै चीजहरु प्राकृतिक एन्टी इन्फ्लेमेटरी हुने हुन्छन् र यिनमा एन्टीअक्सिडेन्ट पनि हुन्छ, जसले प्रतिरोधात्मक शक्ति बढाउँदछ ।

फल र साग–सब्जी खाऔं

चिसोमा खानेकुराका धेरै नै विकल्प पाइन्छन् । यी मौसममा धेरै फलहरु र हरिया सागसब्जीहरु खनु पर्दछ । यसबाट तपाईंको शरीरमा प्रयाप्त मात्रामा भिटामिन ए, बी, सी र फाइवर पुग्दछ । हरिया सागसब्जी र फलले पनि प्रतिरोधात्मक शक्ति बढाउने र शरीरमा मेटाबोलिज्मलाई सक्रिय राख्दछ । यसबाट शरीर चिसोमा पनि भित्रबाट तन्दुरुस्त राख्ने हुन्छ ।

हाइड्रेटेड रहनुहोस्

चिसोमा पानीको सेवन कम हुने हुन्छ । यसको खराब असर तपाईंको शरीर, छाला र कपालमा पर्छ । शरीरका जुनकुनै मौसमका लागि पनि पर्याप्त मात्रामा पानी चाहिने हुन्छ । पर्याप्त पानी पिउँदा तपाईं चिसोमा पनि धेरै नै सक्रिय महशुस गर्नुहुन्छ । यसबाट तपाईलाई शरीरको भित्र न्यानो अनुभुति गर्नुहुन्छ । पानीका साथै तपाई यो मौसममा हर्बल चिया, ग्रीन टी, र सूपको सेवन गर्नसक्नु हुन्छ ।

शरीरलाई न्यानो राखौं

चिसोमा सबैभन्दा महत्वपूर्ण कुरा शरीरलाई न्यानो बनाई राख्ने हो । नत्र तपाईं चिसोका कारण बिरामी पर्न सक्नुहुन्छ । यस्तोमा शरीरमा पुरा ढाक्ने कपडा लगाउनु पर्दछ । ठीकसँग कपडा नलगाउँदा पनि रुघाखोकी, भाइरल ज्वरो हुने खतरा हुन्छ ।
यसरी यी पाँच कुरामा ध्यान दिँदा धेरै हदसम्म चिसोबाट बच्न सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१