आँखामा डार्क सर्कल देखियो ? यो विधि अनुसार कोलगेट लगाउनुहोस् समस्या चट्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ कार्तिक २०७५, सोमबार ०७:१३

एजेन्सी । कोलगेट अर्थात दन्तमन्जन दाँत सफा गर्नको लागि बनाइएको हुन्छ । तर, पछिल्लो समयमा कोलगेट छालाको सौन्दर्यको लागि प्रयोग गरिएका उदाहरणहरु भेटिन्छन्। कोलगेट उत्पादन गर्नेहरुले भने कोलगेटको उत्पादन छालाको नभएर दाँतको पहेंलोपन, दाग आदि हटाउनको लागि उत्पादन गरिने बताउँछन्।

कोलगेटमा सोडा, हाइड्रोजन पेरोअक्साइड, अल्कोहल, मेन्थल आदि मिसावट हुन्छ। कोलगेटले छालाको दाग धब्बा, ब्ल्याक हेड्स, रोम छिद्र, चायाँपोतो, डण्डीफोर आदिलाई हटाउँछ भनेर धेरैले सुझाव पनि दिइरहेका हुन्छन्।

तर कोलगेट कस्तो प्रयोग गर्ने, कसरि प्रयोग गर्ने र कस्तो अवस्थामा प्रयोग गर्न नहुने भन्ने जानकारीको अभावमा धेरैले छालालाई राम्रो बनाउने होडमा झन् कुरुप बनाइरहेका समेत हुन्छन् । त्यसैले आफ्नो छालामा कोलगेट प्रयोग गर्नु अगाडी आफ्ना छालाको प्रकार, उक्त कोलगेटमा प्रयोग भएको केमिकल आदिको बारेमा सचेत हुनुपर्छ।

कोलगेटमा हुने रासायनिक पदार्थले छालालाई सुक्खा बनाइदिन्छन् । त्यसैले डण्डीफोरमा कोलगेट लगाउनाले डण्डीफोर सुक्छ । तर, कोलगेटले डण्डीफोरलाई भित्रै देखि निर्मुल पार्न भने सक्दैन । त्यसैले अनुहारमा धेरै डण्डीफोर छ भने त्यो हटाउनको लागि कोलगेटको प्रयोग गर्नु हुँदैन।

हाम्रो आँखाको मुनिको छाला निकै पातलो र संवेदनशील हुन्छ । त्यसैले अत्यधिक तनावमा रहंदा, सुत्ने समय नमिल्दा, पानीको मात्रा कम हुँदा, थकान महसुस हुँदा आदि समयमा हाम्रो आँखा मुनिको भाग कालो हुन्छ । त्यो कालो हटाउनको लागि केहीले कोलगेटको प्रयोग समेत गर्ने गर्छन्।

धेरै जसो कोलगेटमा सोडियम फ्लोराइड र सोडियम लारियल सल्फेट मिसाइएको हुन्छ। यी दुई केमिकलले छालामा जलन हुने, छाला सुक्खा हुने आदि हुन्छ । त्यसैले यी तत्व भएका कोलगेट आँखाको डार्क सर्कल र ओठको कालो हटाउनको लागि प्रयोग गर्नु हुँदैन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१