इन्टरनेटका अम्मली कुन देशका कति प्रतिशत, थाहा पाउनुहोस् आँकडा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० भाद्र २०७१, मंगलवार ०५:४६
आजको युगलाई मानिसहरुले इन्टरनेटको युग पनि भन्ने गरेका छन् । मानिसहरु अहिले इन्टरनेटमा यति आशक्त भइसकेका छन् कि यो बिना उनीहरुले आफ्नो जीवनको कल्पना पनि गर्न सक्दैनन् । हुन पनि इन्टरनेटले हामीलाई हाम्रो पाइला चाल्न निकै सजिलो बनाइदिएको छ । यो सँगै आउने नकारात्मक पक्ष त छँदै छन् नै, सहि तरिकाले उपयोग गर्नाले यसले मानिसहरुको जीवनमा निकै राम्रो प्रभाव पार्ने गर्दछ ।
इन्टरनेटको प्राथमिकतालाई मध्यनजर गर्दै थुप्रै देशका सरकारले आफ्ना प्रत्येक नागरिकलाई इन्टरनेटसँग जोड्नका लागि पहल गरेका छन् । संसारमा फिनल्याण्ड जस्ता देशहरु पनि छन् जहाँ इन्टरनेट चलाउन नागरिकको अधिकार भित्रै पर्ने गर्दछ । इन्टरनेटको बढ्दो प्रयोगलाई ध्यानमा राखेर सोसल प्रोग्रेस इन्डेक्सले यसको उपयोगिताको बारेमा आँकडा निकालेको छ ।
कुन देशका कति नागरिक इन्टरनेटका अम्मली छन् भन्ने कुरा यहाँ प्रस्तुत गरिएको छ :
१. फोकल्याण्ड (मालविना) स्थान:पहिलो इन्टरनेट उपयोग गर्ने मानिसहरुको प्रतिशत–९६.९२ प्रतिशत
२. आइसल्याण्ड स्थान:दोस्रो इन्टरनेट उपयोग गर्ने मानिसहरुको प्रतिशत–९६.२१
३.नर्वे स्थान:तेस्रो इन्टरनेट उपयोग गर्ने मानिसहरुको प्रतिशतः ९५
४.स्विडेन स्थानः चौथो इन्टरनेट उपयोग गर्ने मानिसहरुको प्रतिशतः ९४
५. डेनमार्क स्थानः पाँचौ इन्टरनेट उपयोग गर्ने मानिसहरुको प्रतिशतः ९३
६. नेदरल्याण्ड स्थानः छैटौँ इन्टरनेट उपयोग गर्ने मानिसहरुको प्रतिशतः ९३
७. लक्जम्बर्ग स्थानः सातौँ इन्टरनेट उपयोग गर्ने मानिसहरुको प्रतिशतः ९२
८. बरमूडा स्थमाः आठौँ इन्टरनेट उपयोग गर्ने मानिसहरुको प्रतिशतः ९१.३
९. फिनल्याण्ड स्थानः नवौँ इन्टरनेट उपयोग गर्ने मानिसहरुको प्रतिशतः ९१
१०. न्यूजिल्याण्ड स्थानः दसौँ इन्टरनेट उपयोग गर्ने मानिसहरुको प्रतिशतः ८९.५१
११. लिचेस्टिन स्थानः एघारौँ इन्टरनेट उपयोग गर्ने मानिसहरुको प्रतिशतः ८९.४१
१२. कतर स्थानः बाह्रो इन्टरनेट उपयोग गर्ने मानिसहरुको प्रतिशतः ८८.१०
१३. बहराइन स्थानः तेह्रो इन्टरनेट उपयोग गर्ने मानिसहरुको प्रतिशतः ८९.४१
१४. युनाइटेड किंगडम स्थानः चौधौ इन्टरनेट उपयोग गर्ने मानिसहरुको प्रतिशतः ८७.०२
१५. मोन्याको स्थानः पन्ध्रौ इन्टरनेट उपयोग गर्ने मानिसहरुको प्रतिशतः ८७ (एजेन्सी)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१