रसुवामा जीप दुर्घटना दुईको मृत्यु, दुई घाइते

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० असार २०७५, बुधबार १२:०५

रसुवा।  रसुवाको आमाछोदिङमो गाउँपालिका–५ सिम्बुमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ जिल्लाका ४५ वर्षीय शिवगन्ज राजवंशी र दाङ जिल्लाका २४ वर्षीय विकास घर्तीमगर रहेका छन्।

आमाछोदिङ–५, सिम्बुबाट सान्जेन जलविद्युत आयोजनाको सामान बोकेर त्यसतर्फ जाँदै गरेको सिउचण्डी कन्ट्रक्सनको बा १७ च ४३४५ नम्बरको बोलेरो जीप मंगलबार राति १० बजे दुर्घटनामा परेको थियो। दुर्घटनामा दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

घाइते हुनेमा मोरङ जिल्लाका २४ वर्षीय गौतम अर्याल र सुनसरी जिल्लाका २२ वर्षीय जीवन राई रहेका छन्। घाइतेको जिल्ला अस्पतालमा सामान्य उपचार पछि काठमाडौं रिफर गरिएको छ। जीप चालक धादिङका प्रकास तामाङ भने फरार रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१