सुस्तावासी किसानले भत्काए गण्डक नहरको बाँध !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० असार २०७५, बुधबार ११:३२

नवलपरासी । गण्डक नहरका कारण खेतीयोग्य जमिन डुबेपछि पीडित किसानले भारततर्फ जाने गण्डक नहरको बाँध भत्काएका छन् ।खेतमा जमेको पानीको निकास नभएपछि सुस्ता गाउँपालिका– २ लक्ष्मीपुरका किसानले नहरको डिल भत्काएका हुन् ।

रातको समयमा उनीहरूले डिल भत्काएर खेतमा जमेको पानी नहरमा पठाएको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।भारतीय पक्षले पानीको निकासका लागि साइफल मर्मत नगर्दा बर्सेनि नेपालतर्फको खेतीयोग्य जमिन डुबानमा पर्ने गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१