कोरियामा जस्तै जापानले माग्यो नेपाली कामदार,जापान पठाउने सरकारको तयारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ असार २०७५, मंगलवार १६:११

काठमाडौ । नेपाली कामदारको माग जापानसम्म हुन थालेको छ ।अर्थात जापानले पनि कोरियामा जस्तै नेपाली कामदार जापान लैजाने तयारी भइरहेको बताइएको छ ।जापानले पछिल्लो समय नेपाल सरकारलार्इ पत्र काटेर नै कामदारको माग गरेको हो ।नेपाली कामदार पठाउन सरकारले कार्य योजना बनाइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतले जनाएको छ ।

यसबारेमा जापानबाट माग हुने दक्ष र अर्धदक्ष कामदार पठाउनका लागि परराष्ट्र मन्त्रालयले जापानी अधिकारीहरूसँग छलफल गरिरहेको पनि जनाइएको छ ।केही समयअघि जापान सरकारले विदेशी कामदार भित्र्याउन ५ वर्षे भिषासहित ‘वर्क परमिट’ नीति ल्याउने घोषणा गरेको थियो । त्यसलगत्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कामदार जापान पठाउन योजना बनाउन थालेको बताइन्छ । सरकारले नै जापानमा कामदार पठाउन संयन्त्र निर्माण गर्ने योजना अघि सारेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१