गंगामायाको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न अर्जुननरसिंह केसी वीर अस्पतालमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ असार २०७५, आईतवार १५:४८

काठमान्डौ । छोराको हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनशनरत गोरखा फुजेलकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था थप बिग्रिएको छ । गत जेठ १५ गते मंगलबारबाट छोराको हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै आमरण अनशनमा बसेकी गंगामायाको स्वास्थ्य अवस्था ३४ औं दिनमा आइपुग्दा थप बिग्रिएको हो ।

गंगामायाको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न मानवअधिकारकर्मीसहित अस्पताल पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीसँग वीर अस्पतालले गंगामायाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको जानकारी दिएको छ ।

‘‘उहाँ ९गंगामाया० अनशन बसेको ३४ दिन भैसकेको छ । आज उहाँको अवस्था पहिलेभन्दा जटिल भएर गएको छ । अलि गम्भीर छ,’’ वीर अस्पतालका चिकित्सक डा। भुपेन्द्र बस्नेतले भने । शरीर सुन्निदा हातको नशा नभेटिएका कारण गंगामायालाई घाँटीको नशाबाट स्लाइन दिइएको पनि अस्पतालले जनाएको छ ।

अधिकारकर्मी कनकमणि दीक्षित, चरण प्रसाईं, डा। केदारनरसिंह केसी नेबिसघ महामन्त्री कुन्दन राज काफ्ले,उपाध्यक्ष रामप्रसाद अधिकारी केस सुशील भट्ट बिद्यार्थी सहित आइसियु कक्षमा पुगेका कांग्रेस नेता केसीले गंगामायासँग कुरा गर्न खोजे पनि उनले कुनै प्रतिक्रिया दिइनन् । अधिकारकर्मी प्रसाईंले गंगामायालाई नेता केसीले यसअघि संविधानसभामा कृष्णप्रसाद अधिकारीको हत्याका बारेमा पहिलो पटक आवाज उठाएको भनिरहँदा भने गंगामाया एकटकले नेता केसीलाई आसु निकाल्दै नियालेको बिद्यार्थी नेता निरन्जन थापाले जानकारि दिए ।

अदालतको फैसला कार्यान्वयन गरेर छोराका हत्यारालाई कारवाही गराउन आमरण अनशनमा बस्दा पनि सरकारले कुनै वास्ता नगर्नु बिडम्बना भएको कांग्रेस नेता केसीको भनाइ थियो । उनले गंगामायाको मुद्दालाई जनस्तरमा ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै मानवअधिकारवादी र कांग्रेसको भ्रातृ संगठन नेविसंघलाई दववामूलक ढंगबाट परिवेश निर्माणमा लाग्न आग्रह गरे ।

‘‘विधिको शासन नै लोकतन्त्रको मेरुदण्ड हो । विधिको शासन तोड्ने र स्वतन्त्र न्यायापालिकाको फैसलालाई अपमान गर्ने जुन परम्परा स्थापित हुन थालेको छ, यो अत्यन्तै दुःखद र निरंकुशतावादी मनोवृतितिर शासन सत्ता अगाडि बढेको देखिन थालेको छ,’’ आइसियु कक्षबाट बाहिरिएपछि नेता केसीले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा भने ।

अधिकारकर्मी प्रसाईंले संविधानले दिएको अधिकार माग्दा पनि सरकारले त्यसतर्फ ध्यान नदिएर मानवअधिकारको खिल्ली उडाएको प्रतिक्रिया दिए । प्रसार्इंले गंगामायाको ज्यान तलमाथि भए त्यसको जिम्मेवारी प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाले लिनुपर्ने पनि बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१