वडाअध्यक्षले धारिलो हतियार प्रहार गर्दा ४ जना घाईते

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० असार २०७५, आईतवार १४:३८

रौतहट। वडाअध्यक्षले एकै परिवारका ४ जना माथि धारिलो हतियार प्रहार गरेर घाइते बनाएका छन् । रौतहटको बौधिमाई नगरपालिकाको वडा नं ७ का वडा अध्यक्ष बिजय कुशवाहाले सडक विस्तार गर्नको लागि आफ्नो बिपक्षीको जग्गामा जर्बजस्ती डोजर चलाए पछि उत्पन्न विवादमा वडाअध्यक्ष कुशवाहाले धारिलो हतियार प्रहार गरेको बताइएको छ ।

धारिलो हतियार प्रयोग गरी शिव गोविन्द कुशवाहा, महानन्द कुशवाहा, रामेश्वर कुशवाहा लगायत ४ जना घाइते भएको जनाइएको छ । सडक विस्तारका क्रममा आफ्नो जग्गा मिचिएको भन्दै पीडितहरूले अदालतको साहारा लिएका थिए ।अदालतमा मुद्दा विचाराधीन मै रहेको बेला उक्त घाटना घटेको हो।  तर वडा अध्यक्षले जबरजस्ती डोजर लगाएको पीडितको आरोप छ । वडाअध्यक्ष कुशवाहा स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१