डीआईजीहरुलाई सबै क्षेत्रको सिन्डिकेट तोड्न गृहमन्त्री बादलले दिए निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ जेष्ठ २०७५, सोमबार ०४:०९

काठमाडौं । यातायात ब्यासायमा वर्षौदेखि हावी हुँदै आएको सिन्डिकेट अन्त्य गर्नमा विशेष भूमिका खेलेका गृहमन्त्री रामबहादुर थापा बादलले अब सबै क्षेत्रको सिन्डिकेट तोडिने बताएका छन् । प्रहरी नायब महानिरीक्षक डीआईजी हरुलाई आफ्नै क्याबिनमा बोलाएर गृहमन्त्री बादलले निर्देशन दिदै भने अब यसरी मनपरी तन्त्र गरेर हुदैन आफ्नो कार्यक्षेत्रमा रहेका सबै प्रकारका सिन्डिकेट अन्त्य गर्नु आवश्यक छ ।

उनले प्रहरी नायब महानिरीक्षकलाई निर्देशन दिँदै भने स्वास्थ्य, शिक्षादेखि तरकारीसम्ममा रहेको सिन्डिकेट अन्त्य गर्न जरुरी छ,’ । त्यसैले तपाईंहरुले अब सम्हाल्ने कार्यक्षेत्रमा रहेका ती सबै किसिमका सिन्डिकेट हटाउनुहोस् ।’ सो अवसरमा गृहमन्त्री बादलले भ्रष्टचार र तस्करीलाई निस्तेज पार्नेगरी काम गर्नसमेत प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१