बुढानीलकण्ठ कृषि शाखा द्वारा कौसी खेति अनुगमन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ बैशाख २०८१, मंगलवार ०५:४६

काठमाडौं।  बुढानीलकण्ठ नगरपालिकाको कृषि शाखाद्वारा कौसी खेती गर्दै आएका समुहहरुको अनुगमन शुरु गरिएको छ।

बुढानीलकण्ठ नगरपालिका उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, कृषि शाखा प्रमुख लक्ष्मी घर्ती , लगायत नगरपालिका कर्मचारीहरु समेतको टोलीद्वारा नगरपालिकाभित्र कौसी खेती गर्दै आएका समुहभित्रका विभिन्न व्यक्तिहरुले गर्दै आएको खेतीको अनुगमन गरिएको छ।

नगरपालिकाभित्रका कौसी खेती गर्दै आएका कृषकहरुबीच नगरपालिकाले उत्कृष्ट कृषक समुह छनोट गरि पुरस्कृत गर्ने कार्यक्रम अनुरुप अनुगमन तथा निरक्षण शुरु गरिएको हो। नगरपालिकाद्वारा प्रदान गरिएको कौसी खेती तालिम प्राप्त गरेका नगर वासीहरुको खेती अवस्थाको अनुगमन गरिएको हो। पहिलो दिनमा वडा नं १० मा रहेको भविष्य निर्माण कृषि उत्पादक कृषि समुहमा आवद्ध रहेका १० जना कृषकहरुको अनुगमन गरिएको छ।

May be an image of 7 people and treeMay be an image of 1 person, collard greens, cold frame and chard

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१