सरसफाई महा-अभियानमा अरुले गरिदेला भनेर ट्वाल्ल हेरेर बस्ने होइन : सांसद थापा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ बैशाख २०७५, आईतवार ०५:१७

काठमाडौं ।  काठमाडौंको चक्रपथ सरसफाई महा-अभियानले ५४ औ हप्ता पार गरेको छ । यसै अबसरमा पूर्व मन्त्री  तथा सांसद गगन कुमार थापा काठमाडौंको चक्रपथ सरसफाईमा  जुटेका छन् ।

सँधै मान्छेको भिडभाड र कोलाहल हुने काठमाण्डौं रिंगरोडको   पिङलास्थान गौशालाबाट शुरु भएर सिनामंगल दाँया बाँया सफाई  भैरहदा सडकमा एकाविहानै हुल मानिसहरु धमाधम सडक सफा गरिरहेको देख्दा वरपरका मान्छे निकै अचम्मित भए  । गगन थापा भन्छन् अब अरुले गरिदेला भनेर ट्वाल्ल हेरेर बस्ने होइन आफैले गर्ने हो र म यो मंचबाट भन्न चाहन्छु कि अब हामि हाम्रो घर बाटनै सफाई अभियानलाई सकारात्मक संदेशका साथ लाग्ने हो भने फोहोरलाई ब्यबस्थापन गर्न सकिने हुदा आज बाट हामि लाग्न जरुरि देखिन्छ  ।

थप जिज्ञासा राख्दै चक्रपथ सरसफार्इ महा-अभियानमा आफ्नो निरन्तर साथ रहने भन्दै सरकारले यस अभियानलाई पूर्ण रुपमा साथ दिनुपर्ने  बताउनुभयो  ।

लोकवहादुर टण्डनको  अगुवाईमा सुरु भएको चक्रपथ सरसफार्इ महा-अभियानले शनिवारदेखि ५४ औं हप्ता पुरा गरिसकेको छ । सफाइ अभियानले फोहोर संकलन गरि सबैमा सचेतना समेत आव्हान गरेको छ ।

प्रत्येक हप्ताशनिबार बिहान ७ देखि ९ बजे सम्म फोहर संकलन अभियानमा काठमाडौ महानगरपालिका , टोखानगरपालिका , नेप्सेम्याक,लायन्स क्लब , ग्रिनसिटी अस्पताल, यतिहेल्थ साइन्स एकेडेमी, आमा समुह ,होटल ब्यबसायी संघ , हिमालय बाताबरण सस्था , पत्रकार ,कलाकार , राजनीतिज्ञ , प्रहरी सशस्त्र प्रहरी , नेपाली सेनाको समेत सहभागिता हुने गरेको छ । बिभिन्न संघसंस्थाको सहयोगमा स्वतःस्फूर्त रुपमा सरसफाई अभियान सञ्चालन हुदै आएको छ । कार्यक्रममा अपाङ्गहरुको बिसेष सहभागिता समेत रहेको थियो  ।

ग्रिनसिटी अस्पतालको सयोजनमा प्रारंभ गरिएको सफाई अभियानबाट ५४ औ हप्तामा १२  टन फोहोर संकलन गरियो भने ४०० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१