चक्रपथ सफाइमा पुर्बप्रधानसेनापति कटुवालले भने सरकारी निकायलेनै बाडीचुडी खान्छन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ माघ २०७४, आईतवार ०५:४५

काठमाडौ । पुर्ब प्रधानसेनापति रुक्मागत कटुवालले शहरी बिकास , स्थानीयबिकास , सडक बिभाग सरकारी निकायले एउटाले ढल खन्ने अर्कोले भत्काउने सरकारी बजेट मिलेर खाने गरेको ठोकुवा गरेका छन ।
कटुवालले आर्थिक बर्षको अन्तमा त झन कसरी बजेट सक्ने भनेर मिलेरै पैसा खाने गरेको भन्दै तीन लाखमा  हुने कामलाई ९ लाख लागेको देखाएर सरकारी निकायकै जिम्मेबार अधिकारीले सरकारी धनलाई लुटने काम गरेको गभीर आरोप लगाएका छन ।
एउटाले भत्काउने अर्कोले जोडन खोज्ने गरेकै कारण पनि सडकमा फोहर धुलो बढाउन पनि सहयोग पुर्याएको भन्दै पुर्ब प्रधानसेनापति कटुवाले जिम्मेबार निकाय नै जिम्मेबार नभएपछि कसरी हुन्छ सुधार भनीप्रश्न गरेका छन ।
चक्रपथ सफाइअभियानको ४१ औ हप्तामा शनिबार बिहानै सफाइअभियानमा सहभागी हुन गएका कटुवालले परिबर्तनको प्रारंभ घरघरबाटै गर्नुपर्छ र फोहर सफाइपनिआफनै घर अगाडिबाट गर्नुपर्छ भनेका छन । सुरक्षानिकाय , महानगरपालिका, नगरपालिका, बाताबरण संरक्षण समिति, बिभिन्न क्षेत्रका सघ संस्थाहरु समेतको सहभागिता रहेको अभियानबाट शनिबार १५  टन फोहर संकलन भएको छ ।
अभियानका सयोजक ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनको नेतृत्वमा भएको अभियानबाटै महानगरपालिकाले जथाभाबीपार्किन गर्ने , जथाभाबी समान राख्नेलाई कारबाही समेत गरेको छ ।कार्यक्रममा भद्रगोलका प्रतिष्ठित कलकार अर्जुन घिमिरे सहितको टीम , बरिष्ठ पत्रकार टंक पन्त , मुकुन्द ढुगाना , कलाकार तिलक बस्नेत , समाजसेबी रेनुका लगायतले सफाई अभियान प्रभाबकारी हुदै गएको बताए । , रिङ्घरोडको छेउछाउमा पसल राख्ने , ढुगा रोडा राख्ने , काठ दाउरा राख्ने मात्रहोइनफोहर फ्याक्ने समेत गरेकोले पैदलयात्रु हिडन समेत बाधाहुने गरेकोले नागरिकहरुकै पहलमा स्वतस्फुर्त रुपमा सफाई अभियान अगाडि बढिरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१