भाटभाटेनीको ट्रायल रुममा सी.सी. क्यामेरा !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ आश्विन २०७४, सोमबार ०३:५९

काठमाडौं । शपिङका क्रममा भाटभटेनीको ट्रायल रुममा छिरेर ड्रेस लगाएर हेर्नुपनि भएको छ रु यदी हेर्नुहुन्छ वा हेर्नुभएको छ भने तपाईं गम्भीर प्रकृतिको जोखिममा पनि हुनुहुन्छ । त्यसैले चेन्जिङ रुममा पुगेर एक पटक दयाँ बायाँ आफ्नो नजरहरु घुमाउने गर्नु पर्दछ ।

नत्र कुनैबेला तपाईंको नाङ्गो तस्विर ‘आउट’ हुन सक्छ । किनकि भाटभटेनीले आफ्नो ट्रायल रुममा गोप्य रुपमा सीसी क्यामरा राख्ने गरेको खुलासा भएको छ । भाटभटेनीका यस्तै एक ग्राहक सौगात आचार्यले अनामनगरमा रहेको भाटभटेनीको ट्रायल रुममा सीसी क्यामराले खिचेको देखेपछी यो तस्विर लिएका छन् ।

उनले यसरी लिएको तस्विर अहिले सामाजिक संजालमा भाइरल भएको छ ।सायद यो हेर्ने पाटो कानुनी निकाय को हुन सक्दछ ।

उनको तस्विर लिएपछि हामीले यसबारेमा अनुसन्धान गरेका थियौं । आफ्नो नाम नबताउने सर्तमा भाटभटेनीका एक कर्मचारीले सीसी क्यामरा बाहिरको खिच्ने भनेर बनाइएको भएपनि ट्रायल रुमको तस्विरपनि खिच्न मिल्ने बताए । उनले भाटभटेनीका कतिपय कर्मचारीले बेला बेलामा युवतीहरुले ड्रेस चेन्ज गरेको, ब्रा खोलेको, पाइन्ट खोलेको लगायतका भिडियोहरु हेर्ने गरेको स्वीकारेका छन् ।

‘बेलाबेलामा यस्ता फोटोहरु हेर्ने गरिन्छ । तर फोटो नै आउट हुन सक्ने सम्भावना चाहिं कम नै हुन्छ जस्तो लाग्छ मलाइ ।’

अर्थसरोकार डटकमबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१