विगत ७ बर्ष देखि पालमुनी बस्दै एकल महिला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ आश्विन २०७४, आईतवार ०५:०४

सम्राट सिंह/ बझाङ ।  जिल्लाको केदारस्यूँ गाउँपालिका ९ झोतामा विगत ७ बर्षदेखि एकल महिला पालमुनी बस्दै आएकी छन । बुङगल नगरपालिका पाउटा घर भएकी एकल महिला बिष्णा बादी विगत ७ बर्षदेखि झोता बजारको चौरमा पाल टाँगेर बस्दै आएकी हुन ।
माइतीघर थलारा गाउँपालिका खोली भएकी बिष्णाले बिहे गरेको ५ बर्ष नपुग्दै श्रीमान टिका बादीको मृत्यु भएपछि लामो समयदेखि उनी विभिन्न दुःख कष्ट झेल्दै चौरमा पाल टाँगेर बस्दै आएकी स्थानिय अम्मर लुहारले बताए । उनले भने धेरै दुःख कष्ट झेल्दै आएकी बिष्णा बादीले बर्षा को समयमा त टाँगेको पालमाथी जमेको पानी फाल्दै गरेको देख्दा दया लागेर आउँछ ।
झोता बजार नजिकै रहेको खुल्ला चौरमा सानो पाल टाँगेर बसेको देख्दा बझाङ जिल्लामा आउने गरेका पर्यटकहरु, सरकारी तथा गैर सरकारी संस्थाका पदाधिकारीहरु र अन्य बाटोमा हिड्ने बटुवाहरु प्राय सबैले उनको बस्ने बासस्थानको फोटो लिने र उनका दर्दनाक कथा सुन्ने गरेका छन ।
बिहान खायो भने बेलुका के खाने भन्ने बिषयमा नै चिन्ता हुन्छ बिष्णा बादीले भनिन् बिहान र बेलुकाको छाक टार्न बजार तथा गाउँमा माग्न जान्छु कहिले काँहि त ढिला आइन्छ पालमुनी पानी भरिएर खाना पकाउन सुत्न पनि समस्या हुने गरेको छ । बर्षादको समयमा त दिनरात पालमाथीको पानी फाल्न समय बित्ने गरेको उनले उनले थपिन् ।
गरिब, विपन्न र दलितका लागि जिल्लामा विभिन्न्न सरकारी तथा गैर सरकारी संस्थाका कार्यक्रमहरु आए तर वास्तविक गरिब र विपन्नहरुले कहिल्यै कार्यक्रमबाट सहुलियत पाएका छैनन ।
फोटो क्याप्सन ः विगत ७ बर्षदेखि केदारस्यूँ गाउँपालिका अन्र्तगत झोताको खुलाचौरमा पाल टाँगेर बस्दै आएको बिष्णा बादीको बासस्थान

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१