चक्रपथ सरसफाई महा-अभियानको आज २३ औ हप्ता पार,नौ सयको उपस्थित १५ टन फोहोर संकलन (फोटो फिचर सहित )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ भाद्र २०७४, शनिबार २०:१४

काठमाडौं । ‘सुन्दर शहर हामी सबैको रहर, स्वस्थ वातावरण स्वस्थ जीवन’ भन्ने नाराका साथ काठमाडौंको चक्रपथ सरसफाई महा-अभियानले आज २३ औ हप्ता पार गरेको  छ ।

काठमाडौंको वसुन्धरामा रहेको ग्रीनसिटी हस्पिटलका अध्यक्ष लोकवहादुर टण्डनले अगुवाई गर्नुभएको चक्रपथ सरसफार्इ महा-अभियानले आज शनिवारदेखि २३  औं हप्ता पुरा गरेको छ ।

प्रत्येक हप्ताशनिबार बिहान ७ देखि ९ बजे सम्मफोहर संकलन अभियानमा काठमाडौ महानगरपालिका , टोखानगरपालिका , लायन्स क्लब , ग्रिनसिटी अस्पताल, यतिहेल्थ साइन्स एकेडेमी, आमा समुह ,होटल ब्यबसायी संघ , हिमालय बाताबरण सस्था , पत्रकार ,कलाकार , राजनीतिज्ञ , प्रहरी सशस्त्र प्रहरी , नेपाली सेनाको समेत  सहभागिता हुने गरेको छ । बिभिन्न संघसंस्थाको सहयोगमा स्वतःस्फूर्त रुपमा सरसफाई अभियान सञ्चालन हुदै आएको छ ।

महाराजगंज नारायण गोपाल चोक देखि नयां बसपार्क सम्मको सडकको दायाबायां सार्बजनिक ठाउमा बर्षाै देखि फालिएका हरेक थरि निकै मेहनतका साथ घीन नमानी उठाउने कार्य भएपछि अहिले त्यो क्षेत्रको अनुहार बदलिएको छ । तर अझै पनिफोहर उठाउदै जाने अनि सोही क्षेत्रका नागरिकहरुले यत्रतत्र फोहर फाल्न भने छाडेका छैनन ।

सडकमा जथाभावी फालिने फोहोरमैलाले बटुवालाई मात्र हैन, पसल र घरमा बस्ने मानिसहरुलाईसमेत असर गर्न थालेपछि सरसफाईमा अभियान थालिएको अभियानका संयोजक लोकबहादुर टण्डनले बताए ।  ग्रिनसिटी अस्पतालको सयोजनमा प्रारंभ गरिएको सफाई अभियानबाट आज १५ टन फोहोर संकलन गरियो भने ९०० जनाको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१