सार्थक अभियानको प्रथम साधारण सभा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ भाद्र २०७४, आईतवार १३:११

काठमाडौं। मानव अधिकार सुसाशन र विकास हाम्रो शान सामाजिक व्यक्तित्व बोधको लागि सार्थक अभियान भन्ने मुल नारा सहित प्रथम साधारण सभा समपन्न भएको छ ।

प्रथम साधारण सभामा अतिथीहरुलाई संस्थाकी उपाध्यक्ष माँया गुरुङले स्वागत गर्नु भएको थियो ।
त्यसैगरी कार्यक्रम बारे जानकारी गराउँदै संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति भरत कुमार गौतमले समाजमा रहने यावत समस्यालाई समय सापेक्ष समाधान तर्फ निरन्तर लाग्नुनै सार्थक अभियानको उद्येश्य भएको बताउनु भयो ।
सोहि कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी योजना आयोगका पुर्व उपाध्यक्ष दिनेश देवकोटाले सार्थक अभियान संस्थालाई शुभकामना दिंदै समस्या परेका बेला अभियानलाई सक्दो सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा विशिष्ट अतिथी अष्ट ज अभियान नेपालका केन्द्रीय अध्यक्ष
लोककृष्ण भटटराई,ऐक्यबद्धता मासिकका अध्यक्ष नीलकण्ठ तिवारी, प्राध्यापक विनोद कुमार विश्वकर्मा , प्राध्यापक निरन्जन कोइराला,प्राध्यापक बालकृष्ण अर्याल,केदार सिलवाल, उत्तम कुमार शर्मा लगायतले संस्थालाई शुभकामना दिंदै आर्थिक क्रान्तिको लागि सार्थक अभियानले गर्ने प्रयासमा आफुहरुले ऐक्यबद्धता जनाउने बताउनु भयो ।
कार्यक्रमलाई समापन गर्दै अध्यक्ष भरत कुमार गौतमले सार्थक अभियानले काभ्रेको पनौतिमा नर्सरी उत्पादन शुरु गरि सकेको बताउनु भयो र नीर श्रेष्ठ र जगत बहादुर गुरुड.लाई संस्थाको संरक्षक र कार्यक्रममा उपस्थित सवै अतिथिहरुलाई सल्लाहकार बनाइएको घोषण गर्नु भयो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१