बसुन्धरा–बसपार्क सडकखण्डमा सरसफाइको आकर्षण बढ्दो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ भाद्र २०७४, आईतवार ०७:२१

काठमाडौँ । ग्रिनसिटी अस्पतालको संयोजनमा चक्रपथ सरसफाई महा – अभियान २२ औ हप्ता पुगिसकेको छ । चक्रपथ  क्षेत्रमा चल्ने सवारीसाधनलाई व्यवस्थित बनाउन बसुन्धरादेखि बालाजुसम्मको सडकमा सरसफाइ गरिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभाग, काठमाडौँ महानगरपालिका, ग्रिनसिटी अस्पताललगायत विभिन्न संघ संस्थाको आयोजनामा  सरसफाइ गरिएको हो।

सरसफाइको क्रममा महाशाखा, विभाग, महानगरपालिकालगायतका संघ संस्थाले सडकको किनारामा अवैधरुपमा सञ्चालन गरेका घरटहरा हटाउने, माटोको ढिस्का हटाउने, झाडी हटाउने, ट्राफिक संकेत राख्ने, बस बिसौनीको व्यवस्थालगायतका कार्य गरेका छन्।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले सुन्दर र हराभरा चक्रपथ क्षेत्र निर्माण गर्नका लागि महाशाखाले विभिन्न संघ संस्थाको सहयोगमा तीन हप्तादेखि चक्रपथ सफाइ अभियान तीव्रताका साथ सञ्चालन गरेको जानकारी दिए। उनले शुरुको समयमा महाराजगञ्जदेखि कलंकीसम्म सरसफाइ गरिने र त्यसपछि काठमाडौँमा भित्री सडकमा सञ्चालन गरिने बताए।

ग्रिनसिटी अस्पतालको संयोजनमा चक्रपथ सरसफाईमा बिसेष चाडपर्वलाई ध्यानमा राखी यस क्षेत्रमा सरसफाइ गर्ने तथा जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्न सम्बन्धित निकाएलाई आव्हन समेत गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१