काठमाडौमा आज कहाँ–कहाँ सवारी निषेध छ ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ श्रावण २०७१, सोमबार १०:५५

काठमाडौं , १९ साउन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणका समयमा आज अन्तिम दिन राजधानीका निम्न स्थानमा सवारी साधन चलाउन नपाइने महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
भ्रमण दलका सदस्यहरु विभिन्न स्थानहरुमा आयोजना गरीने कार्यक्रमहरुमा जाने भएकाले उनीहरूको सुरक्षालाई मध्यनजर गर्दै सवारी मार्ग समेत खाली गरि उक्त अवधिभर अति महत्वपूर्ण काममा बाहेक सवारी मार्ग प्रयोग नगरी बैकल्पीक मार्गहरु प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।10538078_814551371908645_2960222420493440700_n
साउन १९ गते सोमबार
१. बिहान ९ बजेदेखि साँढे १० बजेसम्म बौद्ध, चुच्चेपाटी, चावहील, गौशाला, सिनामंगल भएर चल्ने सवारी साधनहरु चलाउन नपाइने।
२. बिहान पौने ११ बजेदेखि साँढे ११ बजेसम्म र साँढे १२ बजेदेखि साँढे १ बजेसम्म लाजिम्पाट, पानीपोखरी, बालुवाटार, नारायणगोपालचोक, धुम्बाराही, सुकेधारा, चावहील, बौद्ध भएर चल्ने सवारी साधनहरु चल्न नपाइने।
३. अपरान्ह् ४ बजेदेखि साँझ ५ बजेसम्म बौद्ध, चावहील, गौशाला, सिनामंगल, तीलगंगा, तिनकुने भएर चल्ने सवारी साधनहरु चलाउन नपाइने।
साथै महानगरिय ट्राफिक प्रहरी महाशाखाले उक्त माथि उल्लेखित रूट भएर चल्ने सवारी साधनलाई बैकल्पिक मार्ग प्रयोग गर्न भनेको छ।10384305_814658701897912_366620062905930982_n

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, जेष्ठ ३, २०८१