बसुन्धरामा अज्ञात समूहद्वारा पेट्रोल छर्किएर बसमा आगजनी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ असार २०७४, आईतवार ०४:५४

काठमाडौं । काठमाडौंको बसुन्धरा स्थित मोर्गन कलेज बाहिर पार्किङ गरेर राखेको बा १ क ८३१६ नम्बरको बसमा अज्ञात समूहले आगजनी गरेका छन्। अज्ञात समूहले शनिबार बेलुकी ५ः५५ बजे तिर बसमा पेट्रोल छर्किएर आगजनी गरेर फरार भएको प्रहरीले जनाएको छ।

आगलागीमा बसको सिटहरु जलेको छ । प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो लागेको २० मिनेटमा आगो नियन्त्रणमा आएको छ। साथै अज्ञात समूहले बोरामा हालेर ल्याएको २० लिटरको ग्यालेनमा भएको पेट्रोल छाडेर फरार भएको छ। अज्ञात समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१