डा. स्वामी रामानन्द गिरिको स्वास्थ्य अवस्था गम्भीर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ असार २०७४, शनिबार १८:२१

काठमाडौं । पूर्वीय वाङ्मयका प्रकाण्ड विद्वान् तथा वेदान्त दर्शनका आधिकारिक व्याख्याता डा. स्वामी रामानन्द गिरि अस्वस्थ हुनुभएको छ । उहाँलाई काठमाडौँको ग्य्रान्डी अस्पतालमा भेन्टिलेटरमा राखिएको छ । देवघाटमा प्रवचनका क्रममा अचानक स्वास्थ्य खराब भएपछि उपचारका लागि काठमाडौँ लेराइएको थियो ।
महेश संस्कृत गुरुकुलका संस्थापक डा. स्वामी रामानन्द गिरि वि.सं. २००५ सालमा धादिङ्को केवलपुर गा.वि.स् मा जन्मनु भएको हो । नेपाली साहित्य तथा वेदान्त जगतमा गिरीको अतुलनीय भूमिका रहेको छ । उहाले जनकदर्शन (विद्यावारिधि शोधग्रन्थ),माण्डूक्यकारिका (नेपाली अनुवाद तथा व्याख्या),रामगीता (नेपाली अनुवाद तथा व्याख्या),वेदस्तुति (नेपाली अनुवाद तथा व्याख्या),श्रीमद्भागवतमहापुराण (नेपाली अनुवाद–रामनन्दी टीका),देवीगीता (नेपाली अनुवाद तथा व्याख्या), दुर्गासप्तशती:- नेपाली अनुवाद एवं व्याख्या लगायतका कृतिहरुको रचना गर्नु भएको छ ।

पाणिनि पुरस्कार,गुणराज पुस्कार,डा. बलराम जोशी ज्ञानविज्ञान पुरस्कार,राजर्षिजनकस्मृति सम्मान,पृथ्वीबहादुरसिंह कार्की–भक्तकुमारी पुरस्कार,भारती खरेल पुरस्कार ,प्रबल गोरखा दक्षिणबाहु,अन्य विविध सम्मान तथा पुरस्कारहरूबाट विभूषित हुनुभएका गिरीले महेश संन्यास आश्रम देवघाट, तनहूँ ,महेश संस्कृत गुरुकुल, देवघाट, तनहूँ ,अंबरेश्वर संन्यास आश्रम, पुरन्चौर कास्कीको  स्थापना गर्नुभएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१