स्कूल बसभित्र झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ असार २०७४, सोमबार ०६:४७

भक्तपुर, १९  असार । मध्यपुरथिमि नगरपालिका–४ क्षयरोग अस्पतालसँगै रोकिराखेको बा १ ख ९११५ नं को स्कूल बसभित्र झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

मध्यपुरथिमि नगरपालिका–४ तछुटोल बस्ने वर्ष ३० का बुद्धकृष्ण नापितको शव बसको सिट माथिको डण्डीमा झुण्डिएको अवस्थामा आज फेला परेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीयाले जानकारी दिनुभयो ।

मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल पठाएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१