पार्टी सभापति देउवाद्घारा संविधान संशोधनविधेयकपास गर्न एमालेलाई आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ बैशाख २०७४, शनिबार १५:०९

ललितपुर, १६ बैशाख । नेपालीकांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवस्थापिका संसदमा संशोधनको प्रक्रिमा रहेको नेपालको संविधान संशोधनविधेयकपारित गर्नकालागिप्रमुखप्रतिपक्षीदलएमाले लगायतव्यवस्थापिका संसदमाप्रतिनिधित्वगर्ने सबै राजनीतिकदलहरुसंग आग्रहगर्नुभएको छ ।
नेपालीकांग्रेस केन्द्रीयप्रचार प्रसार समन्वयउपसमितिले शनिबार विहान पार्टी केन्द्रीयकार्यालय सानेपामाआयोजना गरेकोपत्रकार भेटघाटकार्यक्रमलाई संबोधनगर्दै नेका सभापति देउवाले सो आग्रहगर्नुभएको हो । नेपालीजनताको चाहनाअनुरुप संविधानसभाबाट निर्माण गरि जारी गरिएको वर्तमान संविधानलाई सर्वस्वीकार्य बनाउनकालागि पेश भएको संशोधनविधेयकमाअरुदलकाभावनाको समेत कदर गरिने विचार व्यक्तगर्दै सभापति देउवाले भन्नुभयोे, “संविधान संशोधनविधेयकमा परिमार्जन गर्नु पर्ने बिषयएमालेसँग पनि केहीभएदिए हुन्छ, त्यसलाई पनिहामीसमेट्न तयार छौं। ” उहाँले एमालेको भावनालाई समेत समेटेर विधेयकपास गर्नै पर्ने विचार व्यक्तगर्नुभएको थियो ।
उहाँले केहीदलले संविधान संशोधनविधेयकलाई समर्थन नगरेपनिविधेयकदुई तिहाई बुहमतले पारित हुने विश्वास व्यक्तगर्दै विधेयकप्रतिअसहमतिभएपनिविधेयकपास हुने प्रक्रियालाई अबरोध नगर्न आग्रहगर्नुभएको थियो ।
‘तराई÷मधेशको जनताको मात्रहोइन, पहाडको पनिभावना समेट्नु पर्छ’, सभापति देउवाले भन्नुभयो ‘मधेशकाजनताको भावनापनिकदर गर्नुपर्छ। त्यसैले मधेशी समुदायको सवै भावना समेट्न नसकेपनि केहीभावना समेटेका छौं।’ उहाँले संविधान संशोधनविधेयकपास भएपछि संविधानको सर्वस्वीकार्य हुन्छ भनेर नैं कांग्रेसले यसैलाई प्राथमिकतादिएको बताउनु भयो ।
पत्रकार भेटघाट कार्यक्रममासभापति देउवाले नेपालीकांग्रेसले स्थानीयतहको निर्वाचनजिते मात्रप्रजातन्त्रको रक्षा, सुदृढीकरण र समावेशिताको रक्षाहुने विश्वास व्यक्तगर्नुभयो ।“संविधान सभाको दुई वटा निर्वाचनभए तर जव नेपालीकांग्रेस सवैभन्दा ठूलो पार्टी भयो र हाम्रा सभापतिशुसीलकोइरालाप्रधानमन्त्रीहुनु भयो अनिमात्र संविधानआउन सक्यो”कांग्रेस सभापति देउवाले भन्नुभयो,“विगतमा २००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलन र २०६२÷६३ सालको आन्दोलनलगायत सवैजसो राजनीतिकपरिवर्तनकांग्रेसको नेतृत्वमाभएकाहुन्। ”
कार्यक्रममा सभापति देउवाले राजनीतिक स्थायित्व र विकासको अभिभारा कांग्रेसले मात्र पूरा गर्न सक्ने बताउनु भयो । उहाँले आजसम्मका राजनीतिक परिवर्तनले हासिल गरेकाउपलब्धिको जगेर्ना गर्दै लोकतन्त्रको संस्थागतविकास गरेर संविधानले प्रत्याभूत गरेकाअधिकारको उपयोगका साथै मुलुकको विकास र समृद्धिको लागिनिर्वाचनअपरिहार्य भएको दावीपनिगर्नुभयो । स्थानीयनागरिकलाई लोकतन्त्रको अनूभूतिदिलाउन र नागरिकहरुको सहभागितामा स्थानीयविकासलाई गतिदिन स्थानियनिर्वाचनको ठूलो महत्व रहेको पनिचर्चा गर्नुभयो ।
सभापति देउवाले सबै राजनीतिकदलहरुलाईचुनावमासहभागी गराउनैकालागिनिर्वाचनआयोगको परामर्श लिएर नै दुई चरणमा निर्वाचनगर्न सहमतिभएकोपनिबताउनु भयो । उहाँलेकांग्रेसले मात्रदुई चरणमा चुनावगर्न दबाबनदिएको उल्लेख गर्नुभयो ।
सो कार्यक्रममा सभापति देउवाले नेपालीकांग्रेस एकताबद्ध रहेको र पार्टीका सबै कार्यक्रममा सबै नेताहरु सहभागी रहदै आएको पनिबताउनुभएको थियो ।
सो पत्रकार भेटघाट कार्यक्रममा नेपालीकांग्रेसकावरिष्ठ नेता रामचन्द्र पौडेलले तराई ÷मधेशकाजनताको भावनालाई राष्ट्रियतालाई बलियो बनाएर विकासको गतिलाई तीव्रतर बनाउन संविधान संशोधनको प्रस्तावल्याइएको रनिर्वाचनपनिदुई चरणमा हुने तारतम्यमिलाइएको उल्लेख गर्नुभयो ।
वरिष्ठ नेतापौडेलले नेपालीकांग्रेस आफ्नो भिजन र मिसनमा स्पष्ट भएकोबताउदै भन्नुभयो,“ अनेक बाधा,व्यवधान र अप्ठेरालाई सामनागर्दै हामीआफ्नो लक्षमानिरन्तर अगाडि बढीरहेका छौ । देशलाई जोगाएर जनताको अधिकारको संरक्षण गर्दै राष्ट्रिय उन्नतिकालागिहामी सधैभरी समर्पित हुँदै आएका छौ ।”
उहाँले देशका सामु आएका समस्या र चुनौतिहरुको समाधानकांग्रेसले मात्रगर्न सक्ने दाबीगर्दै भन्नुभयो,“ अरुदलहरु समस्यासिर्जनामा छन,समाधानमा होइन।”उहाँले नेपाललाई अहिलेको समावेशिता सहितको संघीय लोकतान्त्रिक गणतन्त्रमा कांग्रेसले नै ल्याएको बताउनु भयो ।उहाँले नेपालीकांग्रेसले समावेशितालाई विधानमामात्र हैन, संगठन र ब्यवहारमापनिकार्यान्वयनमा लगेको दावीगर्नुभयो ।
२०४६ पूर्वको अवस्थासंग वर्तमान नेपालकोतुलनागर्दै भन्नुभयो,“पूर्वाधार निर्माणका साथै आर्थिक–सामाजिक क्षेत्रर नागरिकको जीवनमाआएको गुणात्मक परिवर्तन कांग्रेसकै नेतृत्वमासंभवभएको हो ।” राजनीतिकअस्थिरता, द्घन्द्घ र अशान्तिकाबीचमापनि नेपालले आर्थिक सामाजिक क्षेत्रमाहासिल गरेको उपलब्धि नेपालीकांग्रेसले लिएका सहीनीतिको परिणाम भएको उहाँको दावीथियो ।
उहाँले जननिर्वाचित संविधानसभाले बनाएको संविधानजारी भएपछि राजनीतिकव्यवस्थाको टुंगो लागि सकेकोले नेपालीकांग्रेस अबजनताको आम्दानीबढाएर मुलुकलाई समृद्ध बनाउने लक्ष्यलिएर अगाडी बढेको बताउनु भयो । उहाँले कृषिक्रान्ति,पर्यटन र ऊर्जाको विकासबाट नै सम्ृद्धिहासिलगर्न सकिने र त्यसको भिजन नेपालीकाग्रेससंग मात्रभएको दावीगर्नुभयो।
उहाँले मधेशको भावनालाई समेटेर संविधान संशोधनगरिने कुरा संविधानजारी गरिदाको बखतमा नै सबै पार्टीलाई महशूस भएको उल्लेख गर्दै हिमाल,पहाड, तराई मधेश सबैलाई समेटेर लैजादा नै नेपालको राष्ट्रियता बलियो हुने विचार व्यक्तगर्नुभयो ।

कार्यक्रममाप्रचार प्रसार समन्वयउपसमितिका संयोजकएवम् केन्द्रीय सदस्य रमेश लेखकले संविधानलाई सर्वस्वीकार्य बनाएर यसैमार्फत सबै नेपालीलाई समेटेर समृद्धि हासिलगर्नेउदार भावनाले नेपालीकांग्रेसले संविधान संशोधनलाई विशेष महत्वदिएको बताउनु भयो ।उहाँले केहीदलहरु प्रदेश प्रदेशका नेपालीनागरिकलाई लाञ्छित र आलोचित गरेर मुलुकलाई कमजोर बनाउन उद्दत रहेको बेला नेपालीकांग्रेसले सबैलाई जोडेर राष्ट्र र राष्ट्रियता सबल बनाउने कामको अगुवाई गरेको पनिउल्लेख गर्नुभयो । कांग्रेसले निर्वाचनजितेमाजनताका सपना पूरा गर्दछ भन्ने कुराको दृष्टान्त संविधानसभाको दुइवटा निर्वाचनले प्रमाणित गरेको पनिउहाँले दावीगर्नुभयो । “कांग्रेस हार्दै गर्दा पहिलो संविधानसभाले संविधानबनाउन सकेन”उहाँले भन्नुभयो “ दोस्रो संविधान सभाको निर्वाचनमाजित्दै गर्दा संविधानआयो ।”

कार्यक्रममाप्रचार प्रसार समन्वयउपसमितिका सहसंयोजकएवम् केन्द्रीय सदस्यगगनथापाले प्रमुखप्रतिपक्षएमाले लगाएतएकाधदलहरुले संशोधनकाविषयमाभ्रम छरिरहेको आरोप लगाउदै भन्नुभयो,“ संविधानलाई सर्वस्वीकार्य गर्ने कार्यलाई लाञ्छित गर्ने कार्य आपत्तिजनक छ। नगरिकहरुलाई अपमानितगर्ने कामभएको छ । ” उहाँले नेपालीकांग्रेसराष्ट्रियर्ता र अखण्डताका विषयमा संवेदनशील रहेको बताउदै भन्नुभयो,“ प्रदेशको सीमनातलमाथीहोला तर देशको हुदैन । देश कस्तो रहने र प्रदेश कस्तो रहने भन्ने कुरा जनता छुट्याउन सक्छन।” उहाँले नेपालीकांग्रेसकै नेतृत्वमाशान्ति र संविधानको ऐतिहासिकदायित्व पूरा भएको समृद्धिको नेतृत्वपनिकांग्रेसले नै पूरा गर्ने दावीगर्नुभएको थियो ।
कार्यक्रममाप्रचार प्रसार समन्वयउपसमितिका संयोजकएवम् केन्द्रीय सदस्य रमेश लेखकको सभापतित्वमाभएको थियो । ठूलो संख्यामापत्रकारहरुको उपस्थिति रहेको सो कार्यक्रममा नेपालीकांग्रेसकापदाधिकारी, केन्द्रीय सदस्यहरु ,भातृ संगठन एवम् शुभेच्छुक संस्थाकापदाधिकारी र कार्यकर्ताहरु पनिउपस्थितथिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१