नेपाल परिवार दलद्वारा ४ महानगर र १३ उप-महानगरमा उम्मेदवारी सार्बजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ बैशाख २०७४, शनिबार ०६:०९

काठमाडौं,१६ वैशाख । स्थानीय तहको निर्बाचन २०७४ मा नेपाल परिवार दलको तर्फ वाट ४ महानगरपालिका र १३ उप-महानगरपालिकाको प्रमुख र उप-प्रमुखको उम्मेदवारहरुको नामावली सार्बजनिक गरेको छ । महानगरपालिका तर्फ काठमाण्डौको मेयरमा पूर्व क्याम्पस प्रमुख श्री लक्ष्मी प्रसाद भण्डारी र उप-मेयरमा महिला नेत्री श्रीमती पुनम डंगोल, ललितपुरको मेयरमा श्री प्रदिप सिंह थापा र उप-मेयरमा श्रीमती सरस्वति चित्रकार, भरतपुरको मेयरमा श्री राजेन्द्र प्रसाद अर्याल र उप-मेयरमा श्रीमती गायत्री सुवेदी र पोखरा लेखनाथको मेयरमा श्रीमति कल्पना बराल र उप-मेयरमा श्री गणेश श्रेष्ठले टिकट प्राप्त गर्नु भएको छ ।

त्यसै गरि उप-महानगरपालिका तर्फ विराटनगरको मेयरमा श्री तिर्थराज घिमिरे र उप-मेयरमा श्रीमती लक्ष्मी राई, धरानको मेयरमा श्रीमति संगीता लावती र उप-मेयरमा श्री राम बहादुर लिम्बु, इटहरीको मेयरमा श्रीमति सीता देवी ढकाल र उप-मेयरमा श्री अशोक चौधरी, जनकपुरको मेयरमा श्री पवन शाह र उप-मेयरमा श्रीमती सीता देवी झा, विरगन्जको मेयरमा श्री दिनेश कुमार आमात्य र उप-मेयरमा श्रीमती तारा देबी कुर्मी, कलैयाको मेयरमा श्री विनेश चौधरी र उप-मेयरमा श्रीमती रन्जु देवी, जीतपुर सिमराको मेयरमा श्री सिन्दा ठाकुर र उप-मेयरमा श्रीमती रबिता अधिकारि, हेटौडाको मेयरमा श्री सानु मोत्तान र उप-मेयरमा श्रीमती माया देबी ढकाल, नेपालगन्जको मेयरमा श्री गया प्रसाद कुमाल र उप-मेयरमा श्रीमती लक्ष्मी बस्नेत, बुटवलको मेयरमा श्री चन्द्रसेन यादव र उप-मेयरमा श्रीमती ज्ञानु गुरुङ, घोराहीको मेयरमा श्री शालिकराम चौधरी र उप-मेयरमा श्रीमती मायाबती चौधरी, तुल्सीपुरको मेयरमा श्री बिष्णु पाण्डे र उप-मेयरमा श्रीमती चमेली बि. क., धनगढीको मेयरमा श्री खडक सिंह नागरी र उप-मेयरमा सुश्री निर्मला श्रेष्ठले टिकट प्राप्त गर्नु भएको छ ।

नगरपालिका र गाउपालिकाको उम्मेदवारको नामावली पनि छिट्टै सार्बजनिक गरिने र अन्य पार्टीहरु संग चुनाबी तालमेल हुँदा माथि उल्लेखित केहि नामहरुमा फेरबदल हुन सक्ने दलका अध्यक्ष एकनाथ ढकालले बताउनु भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१