राप्रपाको घोषणापत्र सार्वजनिक, कहिल्यैपनि बन्द हड्ताल नगर्ने प्रतिबद्धता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ बैशाख २०७४, बुधबार १४:४५

काठमाडौं,१३  बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले कहिल्यैपनि बन्द हड्ताल नगर्ने घोषणा गरेको छ ।

बुधबार सार्वजनिक घोषणापत्रमा पार्टीले कहिल्यै बन्द हड्ताल नगर्ने उल्लेख गरेको छ । यस्तै अरु पार्टीले समेत बन्द हड्ताल गर्न नहुनेमा राप्रपाले जोड दिएको छ ।

हिन्दु राष्ट्रको पक्षपाती राष्ट्रिय प्रजातन्त्र पार्टीले गाई मार्नेलाई कडा सजायँ गर्नेखालको कानून बनाउने प्रतिवद्धता जनाएको छ । साथै उसले गाईको संरक्षणका लागि प्रत्येक गाउँ र नगरपालिकामा गौशालाहरु निर्माण गरिने बताएको छ ।
स्थानीय तहको चुनावका लागि बुधबार सार्वजनिक गरिएको राप्रपाको घोषणापत्रमा सबै धर्मका बीचमा समानता र सबै धर्मलाई बराबरीको स्वतन्त्रता सुनिश्चत गरिने बताइएको छ ।

राप्रपाले आफ्नो घोषणापत्रमा भनेको छ( ‘गौहत्यालाई पूर्णतः निषेध गर्नुका साथै त्यस्तो अपराधमा संलग्न हुनेलाई कानुनबमोजिम कडा कारवाही गरिने छ । गौरक्षाको लागि प्रत्येक गाउरनगरपालिकाहरुमा गौशालाहरु निर्माण गरिने छ ।’

मन्दिर मस्जिद, गुम्बा र चर्चलाई सहयोग

हिन्दुवादी पार्टी भए पनि राप्रपाले मठ मन्दिरहरुलाई मात्रै नभएर चर्च, मस्जिद र गुम्बाहरुलाई पनि संरक्षण र सहयोग गर्ने धार्मिक नीति अघि सारेको छ । उसले घोषणापत्रमा भनेको छ( ‘हिन्दु, बौद्ध र किरात मठ, मन्दिर, गुम्बा लगायत अन्य धर्मरआस्थाका पुजा आराधना स्थल (मस्जिद र चर्च० को निर्माण, संरक्षण र सञ्चालनमा सहयोग गरिनेछ ।’

तर, राप्रपाले धर्म परिवर्तन गर्न नदिने बताएको छ । उसले भनेको छ( ‘लोभलालच र भ्रम सिर्जना गरेर संगठित, योजनावद्ध र जबरजस्ती रुपमा धर्म परिवर्तन गराउन दिइने छैन ।’

जातीय आधारमा मन्दिर प्रवेशमा रोक लगाउने प्रथा पूर्णरुपमा अन्त गरिने राप्रपाले जनाएको छ । सबै जाति र समुदायलाई समान रुपमा पूजा आराधना र उपासना गर्न पाउने व्यवस्था सुनिश्चित गरिने उसले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।

राप्रपाले आफ्नो घोषणापत्रमा भनेको छ( ‘बाल विवाह र बहुविवाह गर्न दिइने छैन, त्यस्तो कार्य गर्ने गराउनेलाई कानुनबमोजिम दण्डित गरिनेछ ।’

राप्रपाले विद्यालयहरुको पाठ्यक्रममा नैतिक र आध्यात्मिक शिक्षासमेत समावेश गरिने घोषणापत्रमा उल्लेख गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१