यसरि भए प्रहरी महानिरीक्षक (आइजिपी) मा डिआइजी प्रकाश अर्याल नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ चैत्र २०७३, मंगलवार ०६:३२

काठमाडौँ,२९ चैत । सरकारले रिक्त रहेको प्रहरी महानिरीक्षक (आइजिपी) मा डिआइजी प्रकाश अर्याललाई नियुक्त गरेको छ।

सिंहदरबारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा कार्यरत डिआइजी अर्याललाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकले जानकारी दिए।

सञ्चार मन्त्री राम कार्कीले अदालतको आदेशको मर्मअनुसार चार डिआइजीमध्ये चार वर्षको कार्यसम्पादन मूल्यांकनको औसतका आधारमा अर्याललाई आइजिपी नियुक्त गरिएको बताए। उनका अनुसार अर्यालको सबभन्दा बढी १५४.२ अंक छ। त्यसपछि नवराज सिलवालको १५२.४, बमबहादुर भण्डारीको १५०.२ छ। यसअघि मन्त्रिपरिषदले आइजिपी नियुक्त गरेको जयबहादुर चन्दको अंक सबभन्दा कम १४७.६ छ।

यसअघि सरकारले माघ २९ गते डिआइजी जयबहादुर चन्दलाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको थियो। तर चैत ८ गते सर्वोच्च अदालतले सरकारी निर्णय बदर गरिदिएको थियो। वरिष्ठताका हिसाबले नभई राजनीतिक तवरबाट आइजिपी नियुक्त गरेको भन्दै अधिवक्ता कपिलदेव ढकालले सर्वोच्चमा रिट हालेका थिए। डिआइजी नवराज सिलवालले पनि आफू प्रहरी प्रमुख बन्न योग्य रहेको भन्दै सर्वोच्चमा मुद्धा हालेका थिए।

आइजिपी नियुक्तिसम्बन्धी विवाद अदालतसम्म पुगेपछि सरकारले नेपाल प्रहरीकै प्राविधिक तर्फका एआइजी डाक्टर दिनेशचन्द्र पोखरेललाई निमित्त प्रमुख बनाएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१