पार्टी सभापति देउवा र प्रधानमन्त्री प्रचण्डले गर्ने निर्णय स्वीकार्ने : निधि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ चैत्र २०७३, शनिबार ०८:३३

विराटनगर, २६ चैत । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले उपप्रधानमन्त्रीको पछिल्लो समय देखिएको वरीयता विवादका सम्बन्धमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्णय आफूलाई मान्य हुने बताउनु भएको छ ।
पूर्वाञ्चल स्तरीय क्षेत्रीय सुरक्षा गोष्ठीमा सहभागी हुन शुक्रबार विराटनगर आइपुगेका गृहमन्त्री निधिले पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै पार्टी सभापति देउवा र प्रधानमन्त्री प्रचण्डले गर्ने निर्णय स्वीकार्ने बताएका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

निधिले उपप्रधानमन्त्रीको वरीयता विवादका सम्बन्धमा धेरै बोल्न मान्नु भएन ।

सरकारमा प्रधानमन्त्रीपछिको वरीयता नपाएपछि राजीनामा दिने चेतावनी दिइरहनु भएका निधिले भन्नुभयो, ‘वरियताका विषयमा म धेरै बोल्दिन र मैले बोल्न पनि पर्दैन ।’

क्षेत्रीय सुरक्षा गोष्ठीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा वरीयताको विषयमा देउवा र दाहाललाई देखाएर उहाँ बाहिरिनु भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१