राष्ट्रपति, प्रधानमन्त्रीदेखि ठूला नेता, को कहाँका मतदाता ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ चैत्र २०७३, शनिबार ०८:१२

काठमाडौं,२६ चैत  । राष्ट्रपति, प्रधानमन्त्रीदेखि ठूला नेताको मतदाता नामावलीबारे जानकारीमूलक सामग्री पस्केको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौं महानगरपालिका वडा नं। १० मा मतदाता नामावली छन् । उनले काठमाडौं १० मा मतदान गर्नेछिन् । उपराष्ट्रपति नन्दबहादुर पुनको मतदाता नामावली भने गोली गाउँपालिका(२, रोल्पामा छ । उनी मतदान गर्न रोल्पा जानुपर्नेछ।
प्रधानमन्त्री प्रचण्डको मतदाता नामावली भरतपुर महानगरपालिका(६, चितवनमा छ । उनले चितवनबाट मतदान गर्नेछन् । सभामुख ओनसरी घर्तीको रोल्पा नगरपालिका ७, रोल्पामा मतदाता नामावली छ । कांग्रेस सभापति शेरबहादुर देउवाको गन्यापधुरा गाउँपालिका-१ डडेल्धुरामा मतदाता नामावली छ । देउवा स्थानीय तह निर्वाचनमा मतदान गर्न डडेल्धुरा जानेछन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीको मतदाता नामावली दमक नगरपालिका(१२, झापामा छ। एमाले वरिष्ठ नेता झलनाथ खनालको सूर्योदय नगरपालिका-९, इलाममा मतदाता नामावली छ । माधवकुमार नेपालले गौर नगरपालिका ३ बाट मतदान गर्नेछन् । नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईको मतदाता नामावली पालुङटार नगरपालिका १, गोरखामा छ । आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१