एमालेले गणतन्त्र मान्दा सबै दल तर्सिए : ओली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ चैत्र २०७३, शुक्रबार १९:२६

काठमाडौ, २५ चैत । एमाले अध्यक्ष केपी ओलीले आफूलाई मधेसका मसिहा ठान्ने दलका केही नेताका कारण देश बर्बादीतर्फ गइरहेको आरोप लगाएका छन् ।

एमालेको राष्ट्रिय जनसांकृतिक संघको स्थापना दिवसका अवसरमा आज काठमाडौमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले मधेसवादी दलहरुले मधेस बनाउने नभई देशलाई नै बर्वाद गर्ने काम गरिरहेको दाबी गरे । ओलीले एमाले गणतन्त्र, धर्म निरपेक्षता मान्ने पार्टी भएपछि सवै दल तर्सिएर एमालेको खेदो खन्ने गरेको आरोप समेत लगाए ।


देशमा बुद्धिजीवीहरुको संख्या ठुलो भएपनि उनीहरुले कसले ठीक र कसले बेठिक गरेको हो भनेर छुट्याउन नसकेको आरोप लगाए ओलीले भने ‘देशमा भीमकाय बुद्धिजीवीहरु छन्, देश केही दल र व्यक्तिका कारण बर्वादीतर्फ गइरहेको छ, तर त्यो भ्रम चिर्न बुद्धिजीवीहरुको होस पुगेको छैन ।’

कार्यक्रमलाई सम्बोधनका क्रममा अधिकांश समय मधेसी मोर्चा आबद्ध दलहरुलाई समय खर्चेका अध्यक्ष ओलीले आफुले मधेसीलाई बिहार जाउ भनेर भनेको भन्दै केही नेताले गोहीका आँशु चुहाएको बताए । उनले मधेसीलाई बिहार जाऊ भनेर कहिल्यै नभनेको दावी गर्दै एमाले र मधेसको साइनो अत्यन्त गाँढा भएको र मधेसी जनतालाई आफु सधैँ सम्मान गर्ने पनि बताए ।

राष्ट्रिय जनसास्कृतिक संघमा आबद्ध कलाकर्मीलाई स्थानीय चुनावमा होमिन निर्देशन दिएका ओलीले चौहत्तर साल एमालेको साल हुने दावी समेत गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१