प्रचण्डले चैत मसान्तमा सरकार छोडनु पर्ने लिखित सहमति भएको खुलासा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ चैत्र २०७३, बिहीबार ०७:०७

काठमाडौं,२४ चैत । काँग्रेस र नेकपा माओवादी केन्द्रको सत्ता गठबन्धनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत मसान्तमा सरकार छोडनु पर्ने लिखित सहमति भएको खुलासा भएको छ । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री प्रचण्डले चैत मसान्तमा सरकार छोडने र बैशाख १ गतेदेखि काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने लिखित सहमति काँग्रेस र माओवादी केन्द्र वीच भएको खुलासा गरेका हुन् ।

काँग्रेस र माओवादी केन्द्रको गठबन्धनमा प्रचण्ड गत साउन १९ गते व्यवस्थापिका संसदबाट प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । त्यतिवेला एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गर्न काँग्रेसले प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा समर्थन गरेको थियो ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले बैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेका कारण सो निर्वाचनको अवधिसम्म यहि सरकार कायम रहने पनि काँग्रेस नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले पनि स्थानीय तहको निर्वाचनपछि आफू देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्न तयार रहेको बताउँदै आएका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१