चौथो नुवाकोट महोत्सवमा रु २५ लाख ५८ हजार नाफा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ चैत्र २०७३, बिहीबार २०:४०

नुवाकोट, ३ चैत । नुवाकोट उद्योग वाणिज्य स¬ङ्घले आयोजना गरेको चौथो नुवाकोट महोत्सवमा रु २५ लाख ५८ हजार नाफा भएको छ ।

आयव्यय विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक ताराबहादुर कार्कीले अपेक्षाभन्दा कम रकम बचत भएको बताउँदै नाफा रकम जिल्लाको सामूहिक हितका लागि खर्च गरिने बताउनुभयो । महोत्सव गत माघ १४ देखि २४ गतेसम्म बट्टारमा आयोजना गरिएको थियो ।

रु ९७ लाख २६ हजार आम्दानी गरेको सङ्घले विभिन्न शीर्षकमा रु ७१ लाख ६८ हजार खर्च गरेको सङ्घका कोषाध्यक्ष गीता अमात्यले जानकारी दिनुभयो ।

सङ्घका प्रवक्ता सन्तोष उप्रेतीले महोत्सवको अन्य उठ्ने रकम पनि सङ्कलन भइरहेको र खर्चका केही बिल आउने क्रम रहेकाले सो तथ्याङ्क प्रारम्भिक रहेको बताउँदै अन्तिम प्रतिवेदन लेखा परीक्षकबाट प्रमाणित गराई सार्वजनिक गरिने बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१