हिमालयले तेस्रो बिमान चैत्र महिनाभित्र ल्याउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ चैत्र २०७३, बुधबार ०७:११

काठमाडौँ,२ चैत्र । एक महिना अगाडिमात्र दोस्रो एयरबस विमान ल्याएको निजी क्षेत्रको हवाईसेवा प्रदायक हिमालय एयरलाइन्सले यही महिनाभित्र अर्को विमान पनि ल्याउने जनाएको छ। चैत महिनाभित्र नेपाल ल्याइसक्ने योजना बनाएको हिमालयले एयरबस कम्पनीबाटै सिधै नयाँ विमान खरिद गर्न लागेको हो।

हिमालयले दिएको अर्डर अनुसार विमान तयार भइसकेको र अबको केही हप्ताभित्र नेपाल ल्याइने एयरलाइन्सले जनाएको छ। ए–३२०–२१४ सिरिजको न्यारोबडी उक्त विमान जर्मनीको ह्याम्बर्गमा निर्माण भएको र टेष्ट फ्लाइट पनि सम्पन्न गरिसकेको एयरलाइन्सले बताएको छ।

हाल दुईवटा विमान भएको हिमालयले मलेसिया,कतार,श्रीलंका र म्यानमारमा उडान गरिरहेको छ। भारत र चीनका सहरहरुमा पनि उडान सुरु गर्ने योजना बनाएको हिमालयले नयाँ विमान ल्याएपछि थप गन्तव्य विस्ता गर्ने व्यावसायिक योजना बनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१