कुनै आशंका र द्विबिधा नलिकन ढुक्कले निर्बाचनको तयारिमा लागौं ,अब चुनाव पक्का : उपप्रधानमन्त्री थापा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ फाल्गुन २०७३, आईतवार ०८:३३

काठमाडौं । राप्रपा अध्यक्ष एबं उपप्रधानमन्त्री कमल थापाले अब कुनै आशंका र द्विबिधा नलिई चुनावको तयारीमा लाग्न आग्रह गर्नुभएको छ । राप्रपाको सहभागिताले चुनाव पक्का हुने संदेश दिएको भन्दै उहाले निर्बाचन आफ्नो पार्टीको घोषित नीति भएको बताउनुभयो । निर्बाचनमा सबैको सहभागीताको निमित्त हरसम्भब प्रयास गरिने समेत उहाँले जानकारी दिनुभयो । राष्ट्रिय जिम्मेवारीलाई बोध गर्दै चुनाबलाई सुनिश्चित गर्न आफुहरुको सरकारमा सहभागीता रहेको समेत उहाले प्रष्ट पार्नुभयो । स्थिरता, चुनाब र मुलुकको बृहत्तर हितलाई केन्द्रमा राख्दै सरकार परिबर्तन गरि मुलुकलाई अस्थिरतामा धकेल्न होइन, निर्बाचनलाई सुनिश्चित गर्नु आजको आबस्यकता भएको समेत स्पष्ट पार्नुभयो । राप्रपा काठमाडौं महानगर समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री थापाले सत्ताको सुख सुबिधाको निमित्त नभई मुलुकमा बिधमान संकटको निकासमा सकारात्मक भुमिका निर्बाह गर्न सरकारमा सहभागी भएको बिचार ब्यक्त गर्नुभयो । प्रधानमन्त्री प्रचण्ड र नेपाली काङ्ग्रेसका सभापति देउवाको आग्रहलाई स्विकार गर्दै निर्बाचनको सुनिश्चितताको निमित्त आफू सरकारमा सहभागी भएको स्पष्ट पार्नुभयो । कार्यक्रममा राप्रपा महामन्त्री जयन्त चन्द, प्रबक्ता भुवन पाठक,राजाराम श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१