होलीमा जबरजस्ती गर्नेलाई तत्काल प्रहरीले पक्राउ गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ फाल्गुन २०७३, शुक्रबार ०५:२०

काठमाडौँ  ।  फागुपूर्णिमामा अर्काको इच्छा विपरीत जबर्जस्ती रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने र फोहर छ्याप्ने कार्यमा संलग्नलाई तत्कालै पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा परिसरका प्रमुख छविलाल जोशीले फागुलाई लक्ष्य गरी राजधानीमा एक हजार सुरक्षाकर्मी परिचालन गरिएको र फागुको दिन एक सय सात ठाउँमा सुरक्षा जाँचका लागि प्रहरी खटाइने जानकारी दिनुभयो ।

फागुमा महिला, बालबालिकालगायत बाटामा हिँड्ने व्यक्तिलाई दुःख, हैरानी तथा कष्ट दिने कार्य नगर्न सबैसँग अनुरोध गर्दै उहाँले मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, हेल्मेट बिना मोटरसाइकल चलाउने र कडा किसिमका रङ खेल्नेलाई समेत पक्राउ गरिने भएकाले त्यस्तो काम कोही कसैलाई नगर्न, नगराउन र वातावरण तथा जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने लोलाको आयात र बिक्री वितरण नगर्न सबैसँग अनुरोध गर्नुभयो । यस वर्ष पहाडी जिल्लामा यही फागुन २९ र तराईका जिल्लामा ३० गते फागुपूर्णिमा मनाइँदैछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१