नेपाली कांग्रेस क्षेत्र २ नुवाकोटको भेला सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ फाल्गुन २०७३, बिहीबार ०७:०२

नुवाकोट ।  नेपाली कांग्रेस क्षेत्र नम्बर २ नुवाकोटको क्षेत्रीय भेला खरानिटारमा सम्पन्न भएको छ ।

सभापति धुर्ब श्रेष्ठको अध्यक्षता र केन्द्रीय प्रतिनिधि नेपालि काग्रेस  केन्द्रिय सदस्य मान बाहादुर बिस्वकर्माको प्रमुख अतिथिमा सम्पन्न भेलाले पार्टीको १३ महाधिवेशनमा केन्द्रमा बुझाएको कृयासिल सदस्यको बारेमा अबिल्म माग गर्ने , स्थानीय तहको निर्वाचन को लागि साबिकको गाबिसमा प्रतिनिधि खटाइ प्रशिक्षण तथा जागरण अभियान संचालन गर्ने , नुवाकोटको स्थानीय तहको पुन संरचनाको बिषयमा  २ नम्बर को गाबिसलाई मात्रै टुक्रा पारी अन्य  क्षेत्रको गाउपालिकामा समायोजन गरिएको प्रती आपत्ति व्यक्त गर्दै क्षेत्र बिभाजन नहुने गरि समायोजन गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्ने निर्णय गरेको छ। साथै चैत महिना मा बिशाल  जनसभा गर्ने निर्णय गरिएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका नेता रमेशकुमार महत ले पार्टी जिल्ला नेतृत्व स्वछाचारी र मनपरी ढंगसंग  चलेको र यसले  पार्टी लाई गलत दिशा तीर लाने बताउनुभयो। कार्यक्रममा पुर्ब जिबिस सभापति मुकुन्दराज सिटौला नेपाली क्षेत्र नम्बर १ सभापति अर्जुन प्रसाद न्यौपाने महासमिति सदस्य डिल्ली प्रसाद ढकाल,महाधिवेशन प्रतिनिधि सन्तमान तामाङ कृष्ण मिस्र ,तरुण दल पुर्ब केन्द्रिय सदस्य प्रमोद रिमाल पुर्ब जिल्ला सदस्य दिनेश खनाल , महिला संघ नुवाकोट का अध्यक्ष कल्पना नेपाली नेका जिल्ल सदस्य हरु योबिन्द्र सि तामाङ ,सुर्य बहादुर तामाङ ,सीता खड्का नेबि संघ पुर्ब अध्यक्ष कन्चन पाठक तरुण क्षेत्रीय अध्यक्ष शरण घले , गाउँ इकाई समिति का सभापति हरु लगयत ले मन्तव्य राखेका थिय। कार्यक्रम मा नेका जिल्ला सदस्य सीता खड्का र योबिन्द्र सि तामाङ ले जिल्ला सभापति ले गत जिल्ला बैठक पदाधिकारी मनोनयन को प्रस्ताव फेल भयको बताउनु भयो । उक्त बैठक मा आफ्नो असमती हुदाहुदै पनि असमती दर्ज गर्न नदिएको बताउनु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१