आइएपिपि एशियाको नेतृत्व सम्मेलन मनिलामा सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ फाल्गुन २०७३, बुधबार ०६:३०
मनिला, फिलिपिन्स । इन्टरनेशलन अशोशियसन अफ पार्लियामेन्टरियन फर पिस (आइएपिपि) को एशियाली सांसदहरुको सम्मेलन फिलिपिन्सको राजधानी मनिलामा आयोजना गरियको छ । सम्मेलनमा एशियाली राष्ट्रका सांसद, मन्त्रि तथा विभिन्न क्षेत्रका विज्ञहरुको सहभागिता रहेको छ । सम्मेलनमा फिलिपिन्सका पूर्व सभामुख होसे डेभेनेशिया, वर्तमान उपसभामुख गेन्दोलीन गार्सिया, क्याम्बोडिया र श्रीलंकाका मन्त्रीहरु, फिलिपिन्सका गभर्नरहरु, विभिन्न देशका सांसदहरु तथा बिज्ञहरुले बोल्नु भयको थियो। आइएपिपि एशियाका अध्यक्ष एकनाथ ढकालले सम्मेलनमा बोल्दै पुरानो ढाँचाको शासन पद्धति अन्त्य भई नबिन र बैज्ञानिक युगको आगमन भयको बताउदै आदर्श र मूल्य मान्यताहरु लाई यथार्थतामा परिणत गर्न कानुन निर्माताहरु लाग्नु पर्ने बताउनु भयो । पूर्व मन्त्रि समेत रहेका ढकालले साम्राज्यबाद, बिस्तारबाद, आन्तरिक मामिलामा हस्तछेप, धर्म परिबर्तन र अलोकतान्त्रिक शासन पद्दतिहरु संसारबाट अस्वीकृत भैसकेको सन्दर्भ उल्लेख गर्दै साझा समस्याहरुको निवारण गर्न साझा प्रतिबद्धताको खाँचो रहेको स्पष्ट पार्नु भयो । उहाँले  राष्ट्र-राष्ट्र हरुको गठबन्दन वाट माथि उठी आगामी दिनहरुमा सबै देश र धर्म संस्कृतिका असल ब्यक्ति तथा परिवार हरुको सहकार्य मार्फत मात्र स्थायी शान्ति र दिगो विकास सम्भब हुने राय राख्नु भयो । उहाँले संसारका समस्याहरु वाट जनप्रतिनिधिहरु नत टाढा रहन सक्छन नत मौन नै भन्दै आफ्ना नागरिकको असल भबिष्य निर्धारण गर्ने हामी सबैको साझा दायित्व हो भन्नु भयो । सांसद ढकालले अभ्यास बिनाको आदर्श खोक्रो हुने भन्दै विश्वमा धनि र गरिब बीचको दुरी कम नगर्ने हो भने शान्ति टाढाको बिषय बन्ने बताउनु भयो। संघियताको सान्दर्भिकता को बिषयमा बोल्दै अर्का सांसद सुबोध कुमार पोखरेलले संबिधान सभाले जारि गरेको संविधानको बिशेषता र नेपालले अङ्गीकार गरेको संघियताको मोडेलको बारेमा जानकारी दिदै बिबिधता भयको मुलुकमा संघिय प्रणालीले सबैलाई समेट्ने बिश्वाश ब्यक्त गर्नु भयो। सांसदहरु रामहरी खतिवडा र विकास लम्सालले अन्तरक्रियामा भागलिदै संबिधान निर्माण पछिको नेपालको अबस्थाको बारेमा अन्य सहभागीलाई जानकारी गराउनु भयको थियो । साथै सम्मेलनमा नेपालको संबिधान निर्माण तथा शान्ति प्रकृया तर्कित निष्कर्षमा लग्न महत्वपुर्ण भूमिका खेलेको भन्दै सांसदहरु रामहरी खतिवडा, विकास लम्साल र डा. सुबोध  पोखरेललाइ “एम्बासडर फर पिस” उपाधि द्वारा सम्मान गरियको थियो। सम्मेलनमा नेपालको साथै भारत, मलेशिया, सिंगापुर, क्याम्बोडिया, थाईल्याण्ड, फिलिपिन्स, इन्डोनेशिया, पाकिस्तान, श्रीलंका लगायत देशका २५० जना प्रतिनिधिहरु सहभागी हुनु भयको आयोजकहरुले बतायका छन् । सम्मेलनले फिलिपिन्स संसदका उपसभामुख गेन्दोलीन गार्सियाको अध्यक्षतामा आइएपिपि – फिलिपिन्स गठन समेत गरेको छ । आइएपिपि विश्वभरिका सांसदहरुको संगठन हो ।  

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१