प्रधानमन्त्री र गृहमन्त्रीको आदेश बिना कसरी चल्यो सप्तरीमा गोली ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ फाल्गुन २०७३, मंगलवार ०६:०७

काठमाडौं  । राजविराजमा गोलीकाण्ड हुनासाथ माओवादी नेता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालमार्फत् खुलासा गरे, प्रधानमन्त्रीले गोली नचलाउनु भन्ने आदेश दिएका थिए । तर, गोली चल्यो ।

आखिर देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीले नै गोली नचलाउनु भन्दाभन्दै राजविराजमा कसले गोली चलायो त ? यसबारे सरकारी अधिकारीहरुबाटै विरोधाभाषपूर्ण भनाइहरु आउन थालेका छन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले निमित्ति प्रहरी माहनिरीक्षक डा. दिनेशचन्द्र पोखरेललाई प्रदर्शनकारीमाथि गोली नचलाउन भनेका थिए । गृहमन्त्री विमलेन्द्र निधीसँग पनि प्रधानमन्त्रीले यसबारे कुरा गरेका थिए ।

उता नेपाल प्रहरीको नेतृत्वकर्ता गृहमन्त्री विमलेन्द्र निधी स्वयं मधेसी जनताप्रति सहानुभूति राख्ने नेता हुन् । उनी आफैं पनि मधेसकै बासिन्दा भएकाले मधेसी जनताप्रति बल प्रयोग गर्नुपर्ने पक्षमा गृहमन्त्री स्वयं पनि थिएनन् ।

राजविराजमा एमालेको कार्यक्रम चलिरहेको बेला प्रहरीले प्रदर्शनकारीहरुलाई खेतमा नै रोकेर राखेको थियो । सुरुमा झडप हुँदा सामान्य लाठीचार्ज मात्रै भएको थियो । त्यसपछि पनि प्रहरीले अश्रुग्यास प्रहार गरेर भीडलाई तितरवितर पारिरिरहेकै थियो ।

तर, जब केपी ओलीले भाषण गर्न थाले, मोर्चाका कार्यकर्ताहरु उत्तोजित हुन र प्रहरीको घेरा तोड्ने प्रयास गर्नतिर थाले । मोर्चाका कार्यकर्ताको उत्तेजना बढेपछि स्थानीय फिल्डमा खटिएका प्रहरीहरु आत्तिए । तर, गोली चलाउनका लागि प्रमुख जिल्ला अधिकारीले गृहमन्त्रालयको आदेश पर्खनुपर्थ्यो ।

प्रहरी स्रोतका अनुसार मोर्चाका कार्यकर्ताहरुले एमालेका नेता-कार्यकर्ता चढेका गाडी रोकिएका ठाउँमा गएर तोडफोड गर्न थालिसकेका थिए । एउटा मोटरसाइकलमा आगजनी भयो । यो स्थितिमा तत्कालै केही नगरे आक्रोशित भीड कार्यक्रमस्थलमै प्रवेश गर्ने र विगतको गौर घटनाजस्तो हुन सक्ने देखेपछि स्थानीय प्रशासनले गृहसँग गोली चलाउने अनुमति माग्यो । र, गृहमन्त्रालयले घँडामुनि गोली चलाउन आदेश दिएको स्रोतले बतायो ।

तर, राजविराज घटनामा प्रमुख जिल्ला अधिकारीले आवश्यकताभन्दा बढी बल प्रयोग गर्न निर्देशन दिएको भन्दै गृहमन्त्रालयकै अधिकारीले आफू पानीमाथिको ओभानो बन्ने प्रयास गरेका छन् । राजविराज घटनाको दोष आफूले भन्दा पनि अर्कातिर देखाउने प्रयासमा प्रहरी हेडक्वार्टर, गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयसमेत लागेको गुनासो फिल्डमा खटिएका सुरक्षाअधिकारीहरुको छ ।

कतिपयले त सप्तरीका प्रमुख जिल्ला अधिकारीसमेत एमाले निकट रहेको आरोपसम्म लगाउन थालेका छन् ।

एमालेको बेग्लै विश्लेषण

उता नेकपा एमालेका नेताहरुचाहिँ राजविराज घटनामा नेकपा एमालेको कुनै दोष नरहेको बताउँछन् । दुखान्त घटना कसरी भयो भन्ने   प्रश्नमा राजविराज घटनास्थलमै रहेका पत्रकार विष्णु रिजाललाई प्रश्न गर्दा उनले यो घटनामा एमालेको कुनै कमजोरी नरहेको बताए ।

एमाले प्रचार विभागका नेतासमेत रहेका रिजालले   भने- ‘हामीले हदैसम्म संयम अपनायौं, राजविराजको कार्यक्रमस्थल पनि परिवर्तन गर्‍यौं, हनुमाननगरको रुटसमेत परिवर्तन गर्‍यौं, नेताहरुको अभिव्यक्ति पनि अति नै संयमित थियो । तर, हामीले पूर्वनिर्धारित कार्यक्रमै गर्न नपाउने भन्न खोजियो, जुन सम्भव थिएन ।’

कार्यक्रम सकेर नेता कार्यकर्ताहरु फर्किने बेला हुनै लाग्दा मोर्चाका कार्यकर्ताले मोटरसाइकल जलाउनुका साथै एमाले कार्यकर्ताले प्रयोग गरेका एकदर्जन बढी गाडीहरुमा तोडफोड गर्न थालेपछि प्रहरी र मोर्चावीच झडप भएको रिजालले  बताएको समाचार अनलाइन खबरले छापेको  छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१