काठमाडौँ । चर्चित नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय सदस्य नियुक्त भएकी छिन्। उनी महिलातर्फको कोटामा १ हजार ६ सय ३ मत प्राप्त गर्दै विजयी भइन्।
उनले कुन्ती शाहीपछि महिलातर्फ सर्वाधिक मत पाएकी हुन्। शाहीले १ हजार ८ सय ४८ मत प्राप्त गरेकी थिइन्। यस्तै अर्की चर्चित गायिका मीरा राणा पनि महिलातर्फको कोटामा विजयी भएकी छिन्।
प्रतिक्रिया