संचालकहरु बीचको चरम झगडाका कारण एन आइसी एशिया बैंक धरापमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ फाल्गुन २०७३, मंगलवार ०८:१६

काठमाडौं  । पछिल्लो समय एनआइसए एशिया बैंक धरापमा परेको छ । संचालकहरु बीचको चरम झगडाका कारण एन आइसी एशिया बैंक धरापमा पर्दै गएको हो ।

अहिले संचालकहरु विचको झगडा भुसको आगो झै फैलिएको छ भने बैंक नै टाट पल्टिने खतरामा धकेलिएको छ । दुई वटा मारवाडी समूह विशाल ग्रुप र सांघाइ ग्रुपको झगडा उत्कर्षमा पुगेको बुझिएको छ ।

मारवाडीहरु बीचमै अति बेइमान र जे पनि गर्न तयार हुने घरानाका रुपमा चिनिने यी दुई समूहले विगतमा मन लागी रुपमा चलाएको बैंकको ऋण रकम ठुलो मात्रामा नउठे पछि एकले अर्कोलाई आरोप लगाउँदा लगाउँदै बैंक नै संकटमा फस्ने अवस्थामा पुगेको हो ।

औषधी उद्योगको नाममा लागु पदार्थ बेचेको फेला परेपछि सांघाई ग्रुप भागाभाग अवस्थामा छ भने बिशाल ग्रुपले त्यही मौका छोपेर बैंक कब्जा गर्न खोजेपछि झगडाले चरम रुप लिएको हो ।

यस्तै अवस्था रहेमा सर्व साधारणको बचत फिर्ता समेत गर्न नसक्ने अवस्था आउने उच्च कर्मचारी तहबाट थाहा भएको छ । संचालकहरुले जथाभावी लिएको ऋण नउठेपछि एनआईसी एशिया बैंकले अहिले सर्वसाधारण ऋणीहरुलाई अत्याउने रणनीति लिएको छ ।

खासगरी शेयर धितोमा ऋण लिएकाहरुलाई रातारात हतोत्साहित गर्ने र छोटो सूचनापछि धितो लिलामको सूचना निकाल्ने गर्दै आएको छ ।

शेयर धितो दोस्रो बजारबाट बेच्नु पर्नेमा लिलामको सूचना निकाल्नु पछाडी सस्तोमा आफैले शेयर उठाउने खेल रहेको बुझिएको छ ।

पहिले ८ प्रतिशतमा ०।५ प्रतिशत सेवा शुल्क लिएर दिएको ऋणको बयान १३ प्रतिशत पु(याउने र नविकरणमा डेढ प्रतिशत ठटाउने गरेको पाईएको छ । अर्कोतर्फ सो बैंकले ठुलो रकम ओडी शिर्षकबाट जग्गामा लगानी गरेको र उक्त ऋण पनि तत्काल उठ्ने संभावना नरहेको बुझिएको छ ।

बैंकको यस्तो कमजोर रबैयाका कारण आधा दर्जन बरिष्ठ कर्मचारीले बैंक छाडिसकेको बुझिएको छ । बैंकको पछिल्लो हर्कतसँग सहमत नहुने उच्च कर्मचारीहरुलाई जागिर छाड्न दबाब दिईएको पनि बुझिएको छ ।

यसैविच, बैंकहरु भनेका सर्बसाधारणलाई आपत पर्दा सहयोग गर्ने र उन्नति, प्रगति गर्न सघाउने संस्थाहरु हुन् तर नेपालका केही बाणिज्य बैंकहरुका पछिल्ला गतिबिधि हेर्दा घाम लागेको बेला सर्वसाधारणलाई छाता ओढाउने र पानी पर्न थालेपछि छाता बन्द गरेर कुलेलम ठोक्ने प्रबृत्ति बढ्न थालेको देखिन्छ ।

पहिले सस्तोमा सेयर धितो कर्जा दिएर हजारौ लगानीकर्तालाई आशा देखाएको एनआईसी एशिया बैंकले सेयर बजारलाई नै ध्वस्त पार्ने खालको आत्मघाती खेल खेलेको देखिन्छ । एनआईसी एशिया बैंकले सस्तोमा सेयर धितो कर्जा दिने बिज्ञापन गरेपछि धेरै लगानीकर्ताले त्यहाँबाट मार्जिन कर्जा लिएका थिए ।

तर पछिल्लो अबधिमा बजार खस्कन थालेपछि त्यस बैंकले सेयर धितो कर्जा लिने ऋणीहरुलाई मार्जिन कल गर्ने क्रम बढायो र कतिपयले धेरै घाटा खाएर सेयर बेची कर्जा तिरे । त्यसरी कर्जा नतिर्नेहरुको सेयर बेचेरै एनआईसीले पैसा असुल गर्यो । तीन महिना यता एनआईसीले ८० करोड भन्दा बढी रुपैयाँको सेयर बेचेको जानकारहरु बताउँछन् ।

सेयर बजार तल जाँदै गर्दा उसले लगानीकर्ताहरुलाई अत्याउने क्रम तीब्र मात्रै पारेको छैन, आफुसँग भएको सेयर समेत ठूलो परिमाणमा लिलाम बिक्रीको सूचना निकालेर बजारमा त्रास सिर्जना पनि गराएको छ । यसले एकातिर बैंकबाट सेयर धितो कर्जा लिएकाहरुमा त्रास फैलाएको छ भने अर्को तिर खस्कदै गरेको सेयर बजारलाई अझै तल झार्न सहयोगी भुमिका खेलेको छ ।

समग्रमा एनआईसी एशिया बैंकको भुमिका सेयर बजारलाई क्रयासकै अबस्थामा पुर्याउने खालको भएको आरोप लगानीकर्ताहरुले लगाउन थालेका छन् । त्यसो नभए बजार तल झर्दै गरेको बेलामा आफ्नै स्वामित्वमा रहेको ९ वटा कम्पनीको दुई करोड २० लाख कित्ता सेयर बेच्न उसलाई किन हतारो पर्यो रु के पैसा नै नभएर एनआईसी एशिया बैंक टाट पल्टिन लागेर सेयर लिलामको सूचना निकालेको हो रु

एनआईसी एशियाबाट पहिले आठ प्रतिशत ब्याज दरमा सेयर धितो कर्जा लिएकाहरुलाई अहिले साढे १३ प्रतिशत ब्याज लाग्ने सूचना पठाईएको लगानीकर्ताहरुले गुनासो गरेका छन् । आफुहरुले नियमित रुपमा ब्याज तिर्दातिर्दै पनि जबरजस्ति सेयर बेच्न बाध्य पारेर घर न घाटकोे अबस्थामा पुर्याइएको ऋणीहरुको गुनासो छ ।

उसको पछिल्लो खेलले बैंकको साख गिर्ने त छदैछ, पहिले सस्तो कर्जा दिएर लोभ्याउने र लगानीकर्तालाई समस्या पर्न थालेपछि ब्याज दर चर्काएर अत्याई कहिल्यै उठ्न नसक्ने गरी पाताल पुर्याउने निकाय बैंकहरु हुन् भन्ने आम धारणा बन्ने खतरा पनि बढेर गएको छ ।

यस्तै, एनआइसी एशिया बैंकको ब्यवस्थापन पछिल्ला दिनहरुमा खस्कदै गएको छ । बैंक ब्यवस्थापनमा गडबडी उत्पन्न भएपछि बैंकमा लामो समय बिताएका अनुभवी र योग्य छ जना कर्मचारीहरुले केही समय अगाडि बैंक छाडेका थिए । यो समाचार न्यूज अभियानबाट लिइएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१