एमाले मन्त्रीहरुको पद धरापमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ श्रावण २०७१, बिहीबार ११:४३

काठमाडौँ ,८ साउन । सत्तारुढ दल नेकपा (एमाले) हालै सम्पन्न महाधिवेशनको प्रभाव मन्त्रिमण्डलमा पुनर्गठन हुने स्थितिमा पुगेको छ। स्पष्ट रुपमा दुई खेमामा विभाजित भएर आन्तरिक निर्वाचनमा गएका एमालेका नेताहरुको गुटको कारण मन्त्रिपरिषदमा पुनगर्ठन गर्ने अवस्था आएको हो।balkhu एमालेको अध्यक्षता के.पी. शर्मा ओली आएपछि माधवकुमार नेपाल र झलनाथ खनाल पक्षधरका चारजना मन्त्रीहरुले विदा पाउने भएको स्रोतले बतायो। यस क्रममा पर्यटन तथा संस्कृति मन्त्री भीमप्रसाद आचार्य, कृषि मन्त्री हरि पराजुली, खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको मन्त्री पद धरापमा परेको छ। खनाल–नेपाल किनारा लागेको अवस्थामा ओलीले आफूलाई असहयोग गर्दै आएका ती मन्त्रीलाई हटाएर उनीहरुको ठाउँमा नयाँ मन्त्रीहरु चुन्ने तयारी थालेको स्रोतले बतायो। ओलीले ती चारजनामध्ये दुई जना आफ्नो समूहका तथा दुईमध्ये एक एक खनाल र नेपाल समूहका व्यक्तिलाई मन्त्री बनाउने तयारी गरेको पनि स्रोतले बतायो। सबैभन्दा बढी भीमप्रसाद आचार्यले चुनावी सहयोग भन्दै दुई करोड रुपियाँ खनाललाई बुझाएको भन्ने हल्ला ओलीको कानमा परेदेखि नै ओली तनावमा रहेका चर्चा चलेको थियो। ओलीले त्यो रकम आफ्नो विरुद्धमा प्रयोग गरिएको आशंका गर्दै आचार्यलाई ठेगान लगाउन चाहेको पनि स्रोतले बतायो। 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१