नवजात शिशु बेवारिसे अवस्थामा भेटिए

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ श्रावण २०७१, बिहीबार ०६:०८

महेन्द्रनगर, ८ साउन   । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पताल परिसरमा नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको छ ।
दिउँसो करिब २ वजे अस्पतालको इमरजेन्सी कक्षबाट झण्डै डेढ सय मिटरको दुरीमा रहेको शौचालय नजिकै पुरुष शिशु बेवारिसे अवस्थामा फेला परेको हो ।download
इमरजेन्सी कक्षमा आएकी एक महिलाले उक्त शिशुलाई जन्म दिएर बेवारिशे अवस्थामा फालेर गएको आशंका गरिएको छ । इमरजेन्सी कक्षबाट उठेर शौचालयतर्फ गएकी महिला लामो समयसम्म फर्केर नआएकी र शौचालयतर्फ बच्चा रोएको आवाज सुनिएपछि हेर्न जाँदा शिशु फेला परेको अस्पतालले जनाएको छ ।
शरिर भरी कमिला लागेको अवस्थामा फेला परेको दुई किलो सात सय ग्राम तौल छ । शिशुको स्वास्थ्या अवस्था सामान्य रहेको अस्पतालकी नर्सिङ अधिकृत ईन्दुधिर पौडेलले जानकारी दिनुभयो । नवजात शिशुलाई अस्पतालमा राखिएको छ भने शिशु जन्माएर फरार भएकी महिलालाई प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१