ट्रफिक नियम उल्लङ्गनको घटना बढ्दो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ श्रावण २०७१, बिहीबार ०५:४२

गणेश विष्ट भोजपुर ,८ साउन ।
भोजपुरमा ट्रफिक नियम उल्लङ्गनको घटना बढ्दै गएपछि जिल्ला ट्रफिक प्रहरी कार्यलय भोजपुरले आर्थिक बर्ष ०७० ÷ ७१ मा १ लाख २८ हजार २ सय राजस्व संकलन भएको छ ।  trafick
सवारी ऐन नियम उल्लङ्गन गरि सवारी साधन चलाउने माथि कारबाहि गरि उक्त राजस्व संकलन गरेको हो । ट्रफिक प्रहरीले नियम उल्लङ्गन गर्ने १ सय ४४ वटा मोटर सइकलबाट ४० हजार ६ सय , १ सय ६० वटा ट्याक्टरबाट ४८ हजार ९ सय , ८९ वटा ट्रकबाट १९ हजार ५ सय , ३६ वटा बसबाट ९ हजार र ३६ वटा पिक अप ÷ ट्याक्सीबाट १० हजार २ सय संकलन गरिएको ट्रफिक प्रहरी ओम प्रकाश अधिकारीले जानकारी दिए । अगिल्लो बर्ष भन्दा नियम उल्लङ्गनको घटना बढेको पाईएको छ । यसैगरी गत बर्ष जिल्लामा ४ वटा सवारी दुर्घटना भएको छ । trafic 3जसमा ३ जनाको मृत्यु र १६ जना सामान्य घाईते भएको ट्रफिक प्रहरीले जनाएको छ । अधिकंशले सवारी चालक अनुमति पत्र लाईसेन्स ,बिलबुक नवोक्ने गरेको पाईएको छ । त्यसैगरी मोटर साईकलमा ३ जना यात्रा गरेको , मादक पदार्थ सेवन गरि सवारी साधन चलाउने गरेको , क्षमता भन्दा बढि सामान बोक्ने गरेको , बसको हुटमा मानिस राख्ने गरेको , लगायतका सवारी नियम उल्लङ्गन घटना घटेको ट्रफिक प्रहरी अधिकारीले जानकारी दिए । ट्रफिक प्रहरीले ट्रफिक नियम उल्लङ्गनको घटना कम गर्न बिद्यालयहरुमा ट्रफिक नियम बारे जनचेतना मुलक कार्यक्रम गर्दे आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१