काठमाडौंबाट नागढुंगा हुँदै गइरहेको गाडीभित्र ४ करोड ४० लाख नगद फेला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ माघ २०७३, आईतवार १२:१३

काठमाडौं । काठमाडौंबाट नागढुंगा हुँदै रसुवा नाकातिर गइरहेको स्कार्पियो गाडीभित्र ४ करोड ४० लाख मूल्य बराबरको विदेशी मुद्रा फेला परेको छ । विदेशी मुद्रासहित तीनजना चिनियाँ नागरिकहरु पक्राउ परेका छन् ।

प्रहरीले राति सवा दुई बजे नागढुंगामा उक्त स्कार्पियो गाडीसहित ३ चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका चिनियाँ नागरिकका साथबाट २ लाख ६० हजार अमेरिकी डलर बरामद भएको छ । त्यसैगरी १ लाख १८ हजार युरो र केही अष्ट्रेलियन डलरसमेत गाडीमा फेला पारिएको अपराध अनुसन्धान महाशाखाका एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए । दुई महिला र एक पुरुषसहित तीनजना चिनियाँ नागरिकहरु बा १ य १२३२ नम्बरको पर्यटकहरु चढ्ने स्कार्पियो गाडीमा काठमाडौंबाट रसुवातर्फ गइरहेका थिए । उनीहरु ठमेलको गजुर होटलबाट निस्किएर रसुवातर्फ लाग्ने क्रममा नागढुंगामा पक्राउ परेको प्रहरीले जनाएको छ । शुक्रबार राति नै प्रहरीले रसुवाबाट टाटासुमोका हालेर ल्याइएको १५ किलो सुन नयाँ बसपार्कबाट बरामद गरेको थियो । एकै रात रसुवाबाटै १५ किलो सुन राजधानी भित्रिनु र ४ करोडभन्दा बढी रकम बराबरको विदेशी मुद्रा राजधानीबाट बाहिरिनुमा कुनै सम्बन्ध रहे नरहेको प्रहरीले अनुसन्धान गरिरहेको स्रोतले बतायो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१