काठमाडौमा हरियो तरकारीको भाउ सस्तियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ श्रावण २०७१, बुधबार ०५:४५

काठमाडौ, ७ साउन ।  काठमाडौमा हरियो तरकारीको भाउ धेरै घटेको छ ।
अघिल्लो हप्ताको तुलनामा यो हप्ता ९० प्रतिशत भाउ घटेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।download (2)
अघिल्लो हप्ता किलोमा २० देखि २२ रुपैयाँ थोक मूल्यमा कारोबार भएको मुला यो हप्ता २ देखि ३ रुपैयाँ थोक मूल्यमा झरेको थोक बिक्रेता भगवानचन्द्र उप्रेतीले बताउनुभयो । उहाँका अनुसार सस्तो भएपनि कारोबार नभएपछि सोमबार व्यापारीले डेढसय मेट्रिक टन मुला फालेका छन् ।
यस्तै बजारमा मंगलबार बन्दा र घिरौला किलोको १५ देखि १६ रुपैयाँ, हरियो धनियाँ १५ देखि २० रुपैयाँ, माच्छे खुर्सानी ३० रुपैयाँ, हरियो करेला २५, हाइब्रिट काँक्रो २२ रुपैयाँ बोडी २५ रुपैयाँ र गोलभेडा २० देखि २२ रुपैयाँ थोक मूल्यमा कारोबार भैरहेको छ ।
यसैबीच कालिमाटीमा तरकारीको जाँच हुन थालेपछि किसानले बाहिरी जिल्लाहरुमा गोलभेडा निर्यात गर्न थालेकाले बजारमा मंगलबार ७५ प्रतिशत कम गोलभेडा भित्रिएको व्यवसायीले बताएका छन् । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१