एमाले अध्यक्ष केपी ओली उपचारका लागि पुनः बैंकक जाने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ श्रावण २०७१, मंगलवार ०७:४४

काठमाडौं,६ साउन । एमाले अध्यक्ष केपी ओली उपचारका लागि पुनः बैंकक जाने तयारीमा छन् । एक–दुई दिनभित्रै बैंकक जाने तयारी भएको उनीनिकट स्रोतले जानकारी दिएको छ । आजको नयाँ पत्रिका दैनिकका अनुसार ओली २५ साउनमा बोलाइएको केन्द्रीय कमिटि बैठकसम्ममा फर्किने गरी बैंकक जान लागेका हुन् । kp-oliसो बैठकले पार्टीको स्थायी समिति र पोलिटव्युरो निर्वाचन गर्नेछ । आफ्नो स्वास्थ्यका कारण पार्टी काममा असर परेको नदेखाउन ओली चिन्तित रहेको स्रोतले बतायो । बैंककको बुमरुमगाड अस्पतालमा फगल मेनेन्जाइटिसको उपचार गरेर फर्केयता ओलीको दाहिने हात स्वस्थ छैन । प्रत्यारोपण गरिएको मृर्गौलाका लागि खाइरहेको औषधिले ओलीको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको छ । त्यसैले फगल म्यानेन्जाइटिस केही ठिक भएपनि उनी पुर्ण स्वस्थ हुन सकेका छैनन् ,उनी थप समस्यामा परेका छन् । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१